संगालोखबर सम्वाददाता

बिराटनगर, १० साउन । डा.गोबिन्द केसीको सर्मथनमा नेपाल चिकित्सक संघले शुक्रवारबाट देशभरका स्वास्थ्य सस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेपछि निजी मेडिकल र डेन्टल कलेजहरुले बन्दको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

एशोसिएसन अफ प्राईभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य सस्था बन्दको प्रतिकार गर्ने चेतावनी दिएको हो । एशोसिएसनका अध्यक्ष डा.सुरेश कुमार कानोडियाले बिहिबार प्रेस बिज्ञप्ती जारी गर्दै बन्दको डटेर अवज्ञा गर्न निजी स्वास्थ्य सस्थाहरुलाई आवहन गरेका छन् ।

Advertisement
नोबेल अस्पतालमा बन्दको प्रतिकारमा लाठिसहित निश्किएका बिरामी र बिरामीका आफन्तहरु । फाईल तस्वीर

लाखौं बिरामीहरुको जीवन रक्षाका लागि चिकित्सकहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि आफ्नो कर्तब्य निर्वाह गर्न बिज्ञप्तीमार्फत अपिल गरिएको छ । स्वास्थ्य सस्था जस्तो संवेदनसिल क्षेत्र बन्द गर्नु गलत भएको ठहरसहित एशोसिएसनले बन्द फिर्ता लिन चिकित्सक संघलाई आग्रहसमेत गरेको छ ।

केहि साता अघि पनि चिकित्सक संघले आवहन गरेको बन्दको बिरुद्धमा एशोसिएसन उभिएपछि कतिपय निजी स्वास्थ्य सस्थाहरुमा बन्दको अवज्ञा र प्रतिकारसमेत भएको थियो ।

यो पनि हेर्नुहोस्…

स्वास्थ्य सस्था बन्दको बिरोधमा प्रदर्शन, बन्दको प्रतिकारमा लाठीसहित उत्रिए बिरामीका आफन्त (भिडियोसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!