- प्रेम देवान/संगालोखबर

विराटनगर, १५ साउन । सामान्यतया मानिसले खाना खाएर दिसा गर्छन् । तर, बिराटनगरमा एक ब्यक्तिले सुनको सिक्री खाएर सिक्रीनै दिसा गरेका छन् ।

Advertisement

गत शुक्रबार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी–२ का ३१ बर्षीय सुरजकुमार नेपालले ३ दिनपछि दिसाबाट सिक्री निकालेका हुन् ।

नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरीबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाउदै सक्कली सुनको सिक्री निलेका थिए । चोरी गर्ने उदेश्यले सुन निलेको थाहा पाएपछि मोरङ प्रहरीले नेपाललाई शुक्रवार दिउँसो पक्राउ गरेको थियो ।

पक्राउ लगतै प्रहरीले नेपाललाई कोशी अञ्चल अस्पतालमा भर्ना गरायो । अस्पतालमा भिडियो एक्सरे गर्दा नेपालको पेटमा सिक्री देखिएपछि उनलाई प्रहरीले निगरानीमा राखेर दिसा पर्खेर बसेको थियो । नेपालले कतिवेर दिसा गर्छन् भनेर निगरानीका लागि प्रहरी परिचालन गरिएको थियो ।

शुक्रबार भर्ना भएका नेपालले सोमबार विहान करिव ८ बजे दिसाबाट सिक्री निकालेको कोशी अञ्चल अस्पतालका इमरजेन्सी इञ्चार्ज रघुनन्दन अधिकारीले जानकारी दिए ।

सिक्री दिसा गरेपछि अहिले उनको अवस्था सामान्य छ । उनलाई चोरी तथा ठगी बिरुद्ध मुद्दा चलाईने मोरङ प्रहरी प्रमुख मनोज कुमार केसीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!