- संगालोखबर सम्वाददाता

धनकुटा, १० साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज बिहान धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । कार्कीछापको होटल माउण्ट एभरेष्टमा कुक काम गर्ने स्थानीय १८ बर्षीय सुरज राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

होटलमा सँगै काम गर्ने सुनसरीको बराह नगरपालिका–९ चक्रघट्टीका १८ बर्षीय निशान लिम्बुले बिहान करिव १० बजे धारिलो हतियार प्रहार गरेर राईको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले संगालोखबरलाई जानकारी दिए । हत्याको कारण खुल्न सकेको छैन । हतियार प्रहार गर्ने निशान पनि घाईते छन् ।

साथीलाई हतियार प्रहार गरेर उनी आफ्नो उपचारका लागि भेडेटार पुगेका थिए । रक्ताम्मे अवस्थामा रहेका लिम्बुलाई प्रहरीले सोधपुछ गर्ने क्रममा थाहा पाएर प्रहरी घटनास्थल पुगेको हो ।

खुकुरी प्रहारबाट टाउकोमा गंभीर चोट लागेका राईको घटनास्थलमै मृत्यु भएको हो । होटलको कोठमा घटना भएको छ । घटनास्थलबाट खुकुरी र छुरासमेत वरामद भएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख गुरुङको नेतृत्व प्रहरी टोली घटनास्थल गएको छ । हत्यामा संलग्न निशानलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!