- प्रेम देवान/संगालोखबर

विराटनगर, १३ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा कैदीबन्दीका लागि सुबिधासम्पन्न २ कोठे हिरासतकक्ष निर्माण गरिएको छ ।

Advertisement

स्थानीयवासीको सहयोगमा ईलाका प्रहरी कार्यालय रानीले १९ लाख बराबरको लगानीमा निर्माण गरेको हिरासतकक्षको औपचारिक उद्घाटन गरी प्रयोगमा ल्याईएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले हिरासत कक्षको उद्घाटन गरेका हुन् । यसअघि २०५० सालमा निर्माण गरिएको एक कोठे भवनमा कैदीबन्दी बस्दै आएका थिए ।

अव महिला र पुरुष दुवै कैदीबन्दीका लागि छुट्टा–छुट्टै कोठा निर्माण गरिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

यसअघि ईलाका प्रहरी कार्यालय रानीको हिरासत कक्षमा पुरुषलाई मात्र राख्ने गरिएको थियो । अव एउटै भवनमा महिला र पुरुष दुवैका लागि ट्वाईलेट बाथरुम कोठाभित्रै रहेको सुविधायुक्त हिरासतकक्ष प्रयोगमा ल्याईएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!