- संगालोखबर सम्वाददाता

धनकुटा, १५ साउन । दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बढाईएको बिरोधमा नेपाली कांग्रेसले मंगलबार धनकुटामा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

¥याली बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर बिरोध सभामा परिणत भयो । सभालाई कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल, सचिव बिजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व सभापति हरीकुमार राई, महासमिति सदस्य अजित नारायण सिंह थापा, जिल्ला सदस्य निर्मल ओझा, १ नम्बर क्षेत्रीय सभापति जितेन्द्र रुम्दाली लगायतले संबोधन गरेका थिए ।

सभालाई संबोधन गर्दै कांग्रेस नेताहरुले वर्तमान सरकार अधिनाकवाद उन्मुख भएर संविधानलाई लत्याउन अग्रसर भएको आरोप लगाए । कांग्रेसले जनताका समस्यालाई सडकदेखि सदनसम्म उठाउँने बताउँदै उनीहरुले डा.केसीको अनसनका क्रममा समर्थकमाथी प्रहरीले बल प्रयोग गरेको भन्दै बिरोध जनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!