तेह्रथुम, १७ साउन । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् ।

Advertisement

उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी गरे पनि घटनाबारे बालिकाले कसैलाई थाहा नदिएपछि साउन ११ गतेसम्म पनि घटना गुपचुप भएको थियो ।

घटनालाई गाउँमै मिलाउन प्रयत्न भइरहेको थाहा पाएर स्थानीय अधिकारकर्मीको अगुवाइमा प्रहरीमा जाहेरी दिएपछि संक्रान्तिबजार इलाका प्रहरी कार्यालयको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!