झापा, १८ साउन । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ ।

Advertisement

गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताए ।

“स्थानीयवासी स्वयंको सक्रियतामा बाँध निर्माण भएको छ,” अध्यक्ष अधिकारीले भन्नुभयो, “सरकारीस्तरबाट प्रभावकारी सहयोग भएको छैन । बाँध निर्माण भएसँगै २०० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने करीब ५०० बिगाहा जमिनमा कटानको जोखिम कम भएको छ । ”

बाँध निर्माणका लागि ‘जनताको तटबन्धन कार्यक्रम’अन्तर्गत गत वर्ष ३० हजार र यस वर्ष १० हजार थान खाली बोरा उपलब्ध गराइएको थियोे भने छ मिटर पक्की बाँध निर्माण भएको थियोे । गत वर्ष बाँध निर्माणका लागि गौरादह नगरपालिकासमेत रू दुई लाख बजेट उपलब्ध गराएको नगरसदस्य गोमा चेम्जोङले जानकारी दिए ।

त्यस्तै गौरादह–६ मा पनि रतुवा खोलाका कारण बाढी कटानको उच्च जोखिममा रहेको छ । बाढीका कारण बर्सेनि सयौँ परिवार घरवारविहीन हुनाका साथै कैयौँ बिघा जमिन कटान हुँदै आएको वडाध्यक्ष खड्ग पराजुलीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!