धनकुटा, १२ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबारसाँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
हावाहुरीसँगै परेको चट्याङले लागेर लेगुवाका करिव ३० बर्षीय भीम बहादुर राईको मृत्यु भएको हो ।
आफ्नै घरमा बसिरहेका बेला साँझ करिव ६ बजे राईलाई चट्याङले लागेको थियो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय केशब कुँवरले संगालोखबरलाई जानकारी दिए ।