इटहरी, १४ साउन । इटहरी उपमहानगरपालिकाभित्रको तालतलैया क्षेत्रमा रहेको ठूलो पोखरीमा जेटबोट सञ्चालन गरिएको छ ।

Advertisement

पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा एक पटकमा १० जना सवार हुन मिल्ने मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

तालतलैया संरक्षण तथा विकास समितिले ८ लाख ५० हजारको लागतमा सञ्चालनमा ल्याईएको समितिले जनाएको छ ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले मोटरबोट सेवाको उद्घाट्न गर्दै पर्यटकीय स्थल तालतलैया क्षेत्रलाई विश्वकै एक नमुना पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए ।

स्थानीय तह र प्रदेश सरकारले मात्र तालतलैयालाई लक्ष्य अनुसार विकास गर्न नसकिने भन्दै मुख्यमन्त्री राईले तालतलैयाको विकासका लागि निजी क्षेत्रलाई पनि सहभागी गराईने बताए ।

तालतालैया क्षेत्र केही वर्षदेखि पुर्वी नेपालका साथै भारतीय क्षेत्रबाट आउने पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!