- प्रेम देवान/संगालोखबर

विराटनगर, १२ साउन । एक नम्बर प्रदेशका १४ जिल्ला मध्ये धनकुटामा सवैभन्दा कम गुण्डागर्दी हुँने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको कार्ययोजनाको तथ्यांकका आधारमा सवैभन्दा कम गुण्डागर्दी हुनेमा धनकुटा देखिएको हो ।

एक नम्बर प्रदेशमा असार १ गतेदेखि गुण्डागर्दी बिरुद्धको तीन महिने अभियान थालेको प्रहरीले शुक्रवार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांक अनुसार सुनसरी जिल्लामा सवै भन्दा बढी गुण्डागर्दी हुँने गरेको देखिएको छ ।

Advertisement

प्रहरीको तथ्यांक अनुसार सुनसरीमा सवैभन्दा बढी २३ र धनकुटामा सवैभन्दा कम एक जना मात्र गुण्डागर्दीमा संलग्न रहेको देखिएको हो ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालले गुण्डाहरूको जिल्लागत रुपमा प्रोफाइल तयार पार्ने काम भइरहेको जानकारी दिए । ‘गुण्डागर्दी नियन्त्रणका लागि अभियाननै चलाएका छौ ।’ उनले भने ‘हाईप्रोपाईलदेखि टोलेगुण्डासम्म पनि प्रहरीको निगरानीमा छन् ।’

प्रहरीले प्रोफाइल अनुसार गुण्डाहरूको वर्गीकरण गरेर नियन्त्रण गर्ने अभियान चलाएको छ ।

‘क’, ‘ख’ र ‘ग’ गरी गुण्डाको श्रेणीलाई ३ तहमा विभाजन गरिएको छ । प्रदेश प्रहरीले गुण्डागर्दीमा संलग्न १ सय ३३ जनालाई कडा निगरानीमा राखेको छ ।

गुण्डागर्दी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै लगेको प्रहरीले ‘क’ श्रेणीका १२, ‘ख’ श्रेणीका २० र ‘ग’ श्रेणीका १ सय १ जना गुण्डागर्दीमा संलग्न भएको जनाएको छ ।

यस्तो छ प्रहरीको तथ्यांक…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!