
विराटनगर, १६ साउन । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ ।
बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको हो ।
आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त वियधेक सभामा पेश गर्नुभएको थियो ।
जिल्ला सभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे सभासद्बीच विमति भएपछि न्याय प्रशासन तथा विधायन समितिमा छलफल गरी प्रतिवेदन तयार पारेर विधेयकमा समावेश गरिएको थियो ।















