- संगालोखबर सम्वाददाता

धनकुटा, १३ साउन । पूर्व अर्थ राज्यमन्त्री स्वर्गिय हरिराज खेवाको सम्झनामा हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला साहित्य पुरस्कारका लागि अक्षकोष घोषणा गरेको छ ।

Advertisement

स्व. खेवा लिम्बूको दोस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैंया बरावरको अक्षकोष घोषणा गरेको हो ।

उक्त अक्षयकोषबाट हरेक वर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिलाई पुरस्कृत गरिने खेवाकी पत्नी गिता गुरुङ्ग (खेवा) ले जानकारी दिईन् ।

स्मृति सभाको अवसरमा प्रतिष्ठानले धनकुटा अस्पताल परिसरमा आइतबार श्रद्धाञ्जली सभा गरेर बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

पूर्व माओवादी केन्द्र धनकुटाका अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका खेवाको २०७२ साउन १३ गते धनकुटाको सिंधुवामा भएको बस दुर्घटनामा परि निधन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!