स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू, नारा उस्ता-उस्तै

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू, नारा उस्ता-उस्तै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री ग...
नेपाल आयल निगम आर्थिक संकटमा

नेपाल आयल निगम आर्थिक संकटमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि भएर मूल्य स्थिरीकरणलगायत सबै सञ्चिति कोषको रकम सकिएपछि नेपाल आयल निगम आर्थिक संकटमा परेको छ । इन्धन बिक्री गरेको रकमले मात्र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई भुक्तानी गर्न सक्ने अवस्था छैन। निगमसँग भएका सबै सञ्चिति कोष रित्तिएपछि आइओसीलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने अवस्था सिर्जना भएको हो। निगमलाई आर्थिक संकटबाट जो...
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर

उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो । ‘केन्द्रमा तालमेलको मोडालिटी बन्दै छ, अहिले नै उम्मेदवार तय गर्दा तालमेलमा असर पर्न सक्छ, त्यही कारण केन्द्रबा...
फेरि बस भाडा वृद्धि गर्दै सरकार

फेरि बस भाडा वृद्धि गर्दै सरकार

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले पुनः भाडा वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट लामो दूरीको सवारीसाधनको भाडा वृद्धि गर्ने निर्णय भएको हो । सरकारले पेट्रोलियमपदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न लागिएको जनाएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले मन्त्रालयले भाडा समायोजन गर्ने सैद्धान्तिक सहमति प्रदान गरेको भन्दै...
स्थानीय तह निर्वाचनः उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

स्थानीय तह निर्वाचनः उम्मेदवार बन्न सम्पत्ति विवरण अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवार बन्न १९ बुँदे योग्यता निर्धाण गरेको छ ।बुधबारको आयोगको बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी कानुनमा भएको व्यवस्था र केही थप विषयलाई प्रस्ट पार्दै उम्मेदवार बन्नुअघि स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो । जसअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आयोगले तोकेका १९ बुँदे नियम पूरा गर्नुपर्नेछ ।जसअनुसार आगाम...
स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी

स्थानीय निर्वाचन : प्रचारमा भारतीय गाडी

जनकपुरधाम । वैशाख ३० गते तय गरिएको स्थानीय निर्वाचनको तयारीमा राजनीतिक दलहरू लागेका छन्। दलीय प्रचार–प्रसार, सभासम्मेलन, कार्यकर्ता भेटघाट र पार्टीका शीर्षस्थ नेताहरूको दौडाहा गाउँगाउँमा भइरहेको छ। स्थानीय स्तरमा राजनीतिक कार्यक्रमहरू बढेका छन्। यस्ता कार्यक्रममा पुग्न नेता कार्यकर्ताले अत्यधिक मात्रामा भारतीय गाडीको प्रयोग गर्दै आएका छन्। यसको फाइदा भारतीय व्यापारीले लिएको स्थानीय यातायात व्यवस...
पुलमा ठेकेदारको लापर्वाही

पुलमा ठेकेदारको लापर्वाही

भोजपुर । संघीय संरचनापछि गाउँमा करोडौं लागतका विकासे पुलका योजना ल्याइए। तर, ठेकेदार र अन्य सरोकारवालाका कारण भोजपुरका पुलहरू अलपत्र छन्। उचित नियमन, अनुगमन नहुँदा ती योजना अझ बेबारिसे बनेका हुन्। धेरै पुल बनिनसक्दै भत्किएका र बन्न बाँकी छन्। यस कारण नागरिक कष्टकर दैनिकीबाट मुक्त हुन सकेका छैनन्। ठेकेदारको कमजोरीले मंसिर ११ गते हतुवागढी–२ रानीबास र रामप्रसाद राई–५ मानेभञ्याङ जोड्ने कावाखोला...
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमालेको निर्णय

स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । साथै तालमेलको जिम्मा गर्ने अधिकारसमेत स्थानीय कमिटीलाई दिइएको छ । बिहीबार काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी बैठकले स्थानीय तहका कमिटीलाई चैत मसान्तभित्रमा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचन...
स्थानीय तह निर्वाचनः आ-आफ्नै दाउमा दलहरू

स्थानीय तह निर्वाचनः आ-आफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्...
मासिक डेढ खर्ब व्यापार घाटा

मासिक डेढ खर्ब व्यापार घाटा

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्द...
चिठ्ठाको आशमा २९ लाख स्वाहा

चिठ्ठाको आशमा २९ लाख स्वाहा

काठमाडाैं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख नेपाली रकम गुमेको छ । सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोगकर्ता एक नेपालीलाई जर्मनमा बस्ने भनिएका डा. जोन लरेन्ससहितका व्यक्तिले ठूलो रकम चिठ्ठा परेको भन्दै उल्टै २९ लाख ठगी गरेका हुन् । ती नेपाली नागरिकलाई ९० लाख चिठ्ठा परेको भनिएको थियो । यस्तै, उनलाई सो चिठ्ठाबापतको रकमका लागि करबापत रकम तिर्नुपर्ने भन्दै पटकपटक गरी २९ लाख रुपैयाँ ठगी गरिएक...
स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’

स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई खर्चको ‘सिलिङ’

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमबारे सीमा ‘सिलिङ’ तोकेको छ ।आयोगले शुक्रबार स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिएका काम र प्रगतिबारे जानकारी दिन भन्दै डाकेको सर्वदलीय बैठकमा दलहरूलाई उम्मेदवारको खर्च सीमाबारे जानकारी दिएको हो । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । आयोगका अनुसार स्थानीय तहअन्तर्गतको सबैभन्दा ठूलो निकाय महानगरपालिकाको प...
दुई दिन पनि टिक्न नसकेको खुसी

दुई दिन पनि टिक्न नसकेको खुसी

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आ...
माओवादी विवादमा विप्लव प्रवेश

माओवादी विवादमा विप्लव प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको विवादमा नेत्रविक्रम चन्द 'विप्लव' को प्रवेश भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बुधबार विप्लवसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ। संवादमा एकले अर्कोलाई सहकार्यका लागि प्रस्ताव गरेका छन् । यो संवादसँगै माओवादी केन्द्रभित्रको विवाद नयाँ मोडमा प्रवेश गर्न सक्ने अडकलबाजी हुन थालेको छ। अमेरिकी मिलेन...
राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

राष्ट्रिय गौरवको आधा दर्जन आयोजना: एक दशकमा आधा पनि छैन भौतिक प्रगति

काठमाडौं । सरकारले विभिन्न सडकलगायत विकाससम्बन्धी आयोजनालाई राष्ट्रियको गौरवको आयोजनामा राखेर निर्माण गर्दै आए पनि तीनै राष्ट्रिय गौरवका आयोजनाको प्रगति भने निराशाजनक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडकसम्बन्धी आधा दर्जन राष्ट्रिय गौरवको आयोजनाको प्रगतिले सन्तोषजनक अवस्था देखाएको पाइँदैन । मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण (कोसी, कालीगण्डकी, कणाली कोरिड...
युक्रेनमा रूसद्वारा रक्तपात, युरोपेली संघले लगायो पुटिनलाई प्रतिबन्ध

युक्रेनमा रूसद्वारा रक्तपात, युरोपेली संघले लगायो पुटिनलाई प्रतिबन्ध

अमेरिकालगायत शक्ति राष्ट्रले युक्रेनमा रूसको सम्भावित आक्रमणप्रति खबरदारी गरे। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने त्यसलाई अस्वीकार गरिरहे। तर, अन्ततः रूसले युक्रेनमा आक्रमण गरिछाड्यो। उसले राजधानी किभमै छिरेर शनिबार विध्वंश मच्चाएको छ। युक्रेनका उत्तर, पूर्व र दक्षिणी सीमापारि सेना पठाउँदै रूसले शान्ति सम्झौता भंग मात्रै गरेन रक्तपात मच्चाएको छ। भिडन्तमा शनिबारसम्म १ सय ९८ युक्रेनी मारिएको य...
एमसीसीमा देउवाले गलाए प्रचण्ड र नेपाललाई, अब कांग्रेसकै एजेन्डामा माओवादी र समाजवादी

एमसीसीमा देउवाले गलाए प्रचण्ड र नेपाललाई, अब कांग्रेसकै एजेन्डामा माओवादी र समाजवादी

काठमाडाैं । एमसीसी सम्झौताको कडा विरोधमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्ततः सो सम्झौतालाई पारित गर्ने पक्षमा उभिने भएका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीतिहरू अख्तियार गर्दै आइरहेका थिए । उनले एमसीसी पारित गराउन गठबन्धनका दुई दल माओवादी र समाजवादीले सहयोग नगरे एमालेसँग सहकार्य हुने भन्दै दुवैला...
प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

काठमाडौं । अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनल...
एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

एमसीसी सकसः बाक्लिँदै नेताका दौड धुप

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा टेबल गराएको सरकार जसरी पनि सो प्रस्तावलाई पारित गर्ने रणनीतिमा अघि बढेको छ । सकेसम्म साझा सहमतिबाटै एमसीसी संसद्बाट अनुमोदन गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनभित्रै सहमति नभए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसीलाई संसद्बाट अनुमोदन गर्नेगरी प्रधानमन्त्री देउव...
यसरी ‘टेबल’ भयो एमसीसी, सत्तारूढमै असहमतिका छिद्र

यसरी ‘टेबल’ भयो एमसीसी, सत्तारूढमै असहमतिका छिद्र

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्ततः प्रतिनिधि सभा बैठकमा ‘टेबल’ भएको छ । सरकारले एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकपछि प्रतिनिधि सभामा ‘टेबल’ गरेको हो । शनिबार बिहानसम्म एमसीसी ‘टेबल’ गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरू विभाजित नै थिए । शनिबार बिहान बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि एमसीसीप्रति सो दल नरम बनेको थियो ...
एमसीसीमा नेपाली दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने

एमसीसीमा नेपाली दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन् । पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहरहेका बेला दुई दलको भ्रातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो । साथै शुक्रबार एमसीसीको विरोध गर्दै कलंकीमा ...
गठबन्धनमा खटपट भएपछि एमालेको साथ खोज्दै कांग्रेस

गठबन्धनमा खटपट भएपछि एमालेको साथ खोज्दै कांग्रेस

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अघि बढाउने विषयमा सत्तारूढ गठबन्धनभित्र सहमतिको वातावरण बन्ने भन्दा वातावरण झन् विग्रिदै गएको छ । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि एमसीसी संसद्बाट अघि बढाउने पक्षमा छ भने गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने अडानमा छन् । ती दुई दलले बिहीबारको गठबन्धन बैठकमा पनि अडान काय...
आर्थिक बेथितिको चरम नमुना: ऐन मिचेर रकमान्तर

आर्थिक बेथितिको चरम नमुना: ऐन मिचेर रकमान्तर

काठमाडौं । विनियोजन ऐनले भन्छ,– ‘कुल बजेटको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन।’ तर, पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा बढी विनियोजन गरिएको छ। आर्थिक वर्ष (आव) २०७२\७३ मा सुरु विनियोजित बजेटको औसत २९.६७ प्रतिशतसम्म रकमान्तर गरेको थियो। यस अवधिमा १ खर्ब ६६ अर्ब रकमान्तरण भएको थियो। सोमध्ये असार अन्तिम साता मात्रै २४ अर्ब अर्थात् १४.४६ प्रतिशत रकमान्तरण भएको थियो। मन्त्रालयले नियमविपरीत २ हजार ...
कांग्रेस कार्यसम्पादन बैठक: सत्ता गठबन्धन तोड्न दबाब

कांग्रेस कार्यसम्पादन बैठक: सत्ता गठबन्धन तोड्न दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो । कांग्रेस कार्यसम्पादन बैठक कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले पार्टीको औपच...
गाँजालाई औषधिजन्य प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु

गाँजालाई औषधिजन्य प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु

काठमाडौं । गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित र हने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो । हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध...
दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो । सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई...
अझै नयाँ दल दर्ता गर्न पाइने

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ । निर्वाचन आयोगमा १ सय ५ दल दर्ता राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गर...
एमसीसीका ‘गोलकिपर’ सभामुख

एमसीसीका ‘गोलकिपर’ सभामुख

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्मा लगेर तत्काल अनुमोदन गर्न लागिपरेका छन्। तर, त्यसलाई अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटाले दुई सर्त अघि सारेका छन्। पहिलो, राजनीतिक सहमति बन्नुपर्ने। दोस्रोमा संसद्को अवरोध हट्नुपर्ने। दुवै सर्त तत्काल पूरा हुने संकेत देखिएको छैन। सत्तारुढ गठबन्धन नै एकमत देखिएको छैन। मुख्य गरी सभामुख सापकोटाकै पार्टी माओवादी केन्द्र संशोधन नगरी एमसीसी अनु...
निर्वाचन अघि नै एसईई

निर्वाचन अघि नै एसईई

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका एक दुई दिनमै प्रकाशित गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षा तालिका सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिँदै आज बुधबार वा भोलि बिहीबारभित्र तालिका सार्वजनिक हुने बताए । रापबोर्डले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै परीक्षा तालिका सार्वजनिक ...
गृह प्रशासन सुधार कार्ययोजनाः स्थानीय तहबाटै नागरिकता

गृह प्रशासन सुधार कार्ययोजनाः स्थानीय तहबाटै नागरिकता

काठमाडौं । सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ । त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले य...
एमसीसीले सकसमा गठबन्धन

एमसीसीले सकसमा गठबन्धन

काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन्। यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल दबाबमा परेका छन्। प्रधानमन्त्री देउवाले यसअघि दुईपटक प्रयास गरे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको अडानका क...
error: Content is protected !!