फोरम नेता यादवद्वारा १५ करोडको १० कट्ठा जग्गा दान
सप्तरी, २७ पुस । संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् ।
करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह यादवले जानकारी दिए । भर्खरै सम्पन्न भएको प्रथम नगर सभाको भेलामा नेता यादवले नगर भव...






















