१५ दिनको अवधिमा तीन पटक बढ्यो इन्धनको मुल्य, कति पुग्यो अव ?
काठमाडौं, ५ पुस। नेपाल आयल निगमले १५ दिनको अन्तरमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।
यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्ट...

















