नयाँपत्रिका

काठमाडाैं, २७ पुस । नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्र र लिबर्डको आयोजनामा क्यानाडामा कृषि वस्तु निर्यातका विषयमा छलफल सम्पन्न भएको छ । नेपालीको संख्या बढ्दै गएको क्यानाडामा नेपालबाट प्रशोधन गरिएका कृषिजन्य वस्तु निर्यातको ठूलो सम्भावना रहेको छलफलबाट निष्कर्ष निकालिएको छ ।

Advertisement

कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदीप महर्जनले नेपालको प्रमुख निर्यात हुने वस्तु कृषि उपज नै रहेको बताएका थिए । उनले क्यानाडामा सम्भावना भएका कृषि वस्तुको निर्यात गर्न सके किसान, व्यवसायी र राष्ट्रलाई फाइदा हुने बताए । कृषिसचिव डा. सुरोज पोख्रेलले मुलुकको आन्तरिक क्षमता बढाएर निर्यात प्रोत्साहन गर्नुपर्ने बताए ।

‘हाम्रो नेपाली उत्पादनको पहिचान के हो भन्ने कुरा निक्र्यौल गरेर निर्यात गर्न सक्यौँ भने धरै राम्रो हुन्छ’ उनले भने, ‘हाम्रा उत्पादनलाई ट्रेडमार्क दिएर व्यापारमा अगाडि बढाउनुपर्ने जरुरी छ ।’

कार्यक्रममा कृषि विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मी, कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत प्रदीप महर्जन, वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठी, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका विमलकुमार नेपाल, सत्या इन्टरनेसलबाट अरुणा सुक्ला, चिया संघका विशेषज्ञ राजु शर्मालगायतले प्रस्तुतीकरण दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!