पत्रपत्रिकाबाट

सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ।

उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ अपरेसनु मापदण्ड पूरा नगर्ने उद्योगीलाई गुणस्तर तथा नापतौल विभागले कारवाही गर्न लागेको हो।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीले मापदण्डअनुसार एनएस गुणस्तर प्रमाणपत्र लिन अटेरी गरेकाले कारवाही गर्न लागिएको जानकारी दिए।

उनले भने,‘मापदण्डको दायरामा आउन हामीले धेरै समय दियौं तर ग्यास उद्योगीले अटेर गरी गुणस्तर प्रमाणपत्र लिन मानेनन्, उपभोक्ताको ज्यान जोखिममा राखेर ग्यासको कारोबार गर्न पाइँदैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!