काठमाडौं,२६ पुस। सरकारी स्वामित्वको हेटौंडा र उदपुर सिमेन्टले भारी मूल्यवृद्धि गरेका छन् । निजी क्षेत्रका उद्योगले सिमेन्टमा मूल्यवृद्धि गरेर निर्माणको समयमा उपभोक्तालार्य मारमा पारेको समाचार सार्वजनिक भइरहेको बेला सरकारी सिमेन्ट उद्योगले नै भारी मूल्यवृद्धि गरेपछि सरकारी निकाय भने मौन भएका छन् ।

Advertisement

हेटौडा सिमेन्टका महाप्रबन्धक प्रेम सिंहले कोइलाको मुलय बढेको, उत्पादन लागतमा समेत बढोत्तरी भएको र कर्मचारीको तलमा समेत वृद्धि भएकाले सिमेन्टको मूल्य वृद्धि गर्नुपरेको जिकिर गरेका छन् ।
सो उद्योगले उद्योगको ढोकामा बिक्री गर्ने मूल्य प्रतिबोरा रु ९१३ तोकेको छ । जुन अन्य उद्योगको तुलनामा निकै धेरै हो । यसअघि प्रतिबोरा रु ७६० रहेको मूल्य एक्कासी बढेर प्रतिबोरा रु ९१३ पुर्याइएको छ । उपभोक्ताको घरमा पुग्दा उक्त सिमेन्टको मूल्य ११०० को हाराहारीमा पर्न जाने देखिएको छ ।

अर्को सरकारी उद्योग उदयपुर सिमेन्टको मूल्य रु ९०९ उद्योग मूल्य तोकेको छ । यस अघि रु  ८५२ प्रतिबोरा मूल्य रहेको सिमेन्ट पुस १८ गतेबाट लागू हुने गरी रु ९०९ बनाइएको छ । उपभोक्ताको घरमा पुग्दा त्यसको मूल्य प्रतिबोरा एक हजार १०० भन्दा माथि पुग्छ । डिलर कमिसन, ओसार पसार तथा ढुवानी खर्च जोड्दा अझै त्यो भन्दा पनि बढी पर्ने देखिएको छ ।

निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्य प्रतिबोरा बढीमा रु १३० मात्रै मूल्य बृद्धि भएको समयमा सरकारी स्वामित्वको हेटौंडा सिमेन्टले प्रतिबोरा रु १५० मूल्य बढाएको हो ।  तर बजारमा आइपुग्दा वा उपभोक्ताको घरमा पुग्दा त्यसको हिसाब निजीको भन्दा धेरै माथि पर्न जान्छ । औसतमा हिसाब गर्दा निजी उद्योगीले भन्दा सरकारी स्वामित्वका उद्योगले निजीको तुलनामा तीन गुणा बढी मूल्यवृद्धि गरेका छन् ।

पछिल्लो दिनमा कोइलाको मूल्य अत्याधिक बढेको र हामीले बिगत २ वर्षदेखि सिमेन्टमा मूल्य नबढाएकोले यस पटक मूल्य बढाउनु परेको हेटौंडा सिमेन्टका महाप्रबन्धक सिंहको दावी छ । उनले   कर्मचारीको तलव वृद्धि २ बर्षमा २५ प्रतिशत भन्दा बढिले बढेकोले पनि उद्योगले सिमेन्टको मूल्य बढाउनु परेको उनको जिकिर गरेका छन् ।

उपभोक्तालाई राहत दिन र निजी क्षेत्रलाई नियन्त्रण र सन्तुलनमा राख्न स्थापना भउका उद्योगले नै उपभोक्तालाई मारमा पार्ने गरी मुल्य बढाएपनि सरकार र सरकारी निकाय आजसम्म मुख खोल्न सकेका छैनन् । सो बारेमा बुझ्न खोज्दा उद्योग मन्त्रालयका कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।
सरकारले हेटौडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगलाई २४ सै घन्टा विद्युत् आपुर्ति गरिरहेको छ । उत्पादन लागत समेत निजी उद्योगको तुलनामा कम पर्दछ । तर मुल्य बढाउर उपभोक्ताको ढाड सेकिएकोमा हालसम्म कुनै पनि उपभोक्ता अधिकारकर्मीले समेत बोलेका छैनन् ।

यस्तो छ उद्योगीको भनाइ
पछिल्लो दिनमा बजारमा सिमेन्ट, रडलगायत निर्माण सामग्रीको मूल्य बढेको छ । निर्माणको मुख्य मौसममा एक पछि अर्को गर्दै निर्माण सामग्रीको मूल्य बढेपछि निर्माणमा संलग्नहरु मर्कामा परेका छन् ।
तर पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघले भने सिमेन्टको मूल्य बढ्नुमा विभिन्न कारण रहेको जनाएको छ । सो संघका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकालगायत छन् ।

संघले दावी गरेका कारणहरु
– करिब एक महिनादेखि भारतबाट आयात हुने सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पर्दाथ क्लिंकर फ्लाई एस, जिप्सनको मूल्यमा अत्याधिक वृद्धि हुन गएको कारणले गर्दा उद्योगहरुले नचाहँदै चाहँदै पनि मूल्य वृद्धि हुन गएको हो ।
–पछिल्लो एक महिनामा डिजलको मूल्य  ५ प्रति लिटरले बढेको छ ।
– नेपाल विद्युत् प्राधिकरणले टिओडी मिटरमा पहिले प्रतियुनिट ५ रुपैया २० पैसामा विद्युत् उपलब्ध गराउँदै आएकोमा हाल  ८ रुपैयाँ ४० पैसामा वृद्धि भएको जनाएको छ ।
– भारतबाट कच्चा पदार्थ बोकेर आउने ट्रकहरु भारततर्फ २४ किलोमिटर लामो लाममा बस्नुपर्ने र औद्योगिक कोरिडोर आइपुग्न ३ देखि ५ दिन लाग्ने गरेको र ट्रकले डिटेन्स शुल्क मात्रै २ हजार देखि ५ हजार  भारु तिर्नुपरेको ।
– अधिकाशं सिमेन्ट उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ क्लिन्कर भारतमै २ हजार ३०० बाट भारु ३ हजार २०० भएको, जिप्सनमा समेत प्रतिटन १ हजार ५०० वृद्धि भएको
– कृष्णनगर भन्सारबाट ढुवानी भई आउने कच्च पदार्थ २ महिना अघि प्रतिटन ४०० रहेकोमा हाल प्रतिटन ६०० भएको
–भारतका ठूला सिमेन्ट उद्योगमा पेट्रो कोक प्रयोग भएकोमा हाल प्रदुषणका कारण पेट्रो कोक प्रयोगमा रोक लगाइएको र त्यसको साटो सिमनरल कोइला प्रयोग भएकोले कच्चा पदार्थको मूल्य वृद्धि भएको
–स्थानीय ढुवानी भाडा, ट्रकको भाडामा ५०० देखि ७०० प्रतिटन वृद्धि भएकाले सिमेन्टमा मूल्य वृद्धि भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!