काठमाडौँ – नेपालले उल्लेख्य रुपमा लगानी बढाउने र बजार बिस्तार गर्नेतर्फ सोच राख्ने हो भने आगामी १२ वर्षमा बिजुली बेचेर मात्रै तीन  खर्ब १० अर्ब बराबरको कमाई गर्न सक्ने देखिएको छ ।

पछिल्लो दिनमा नेपालको जलजिवद्युत्मा बंगलादेश, भारत, चीन र पाकिस्तानले समेत चासो देखाएका छन् । बंगलादेशले त नेपालमा लगानीमैत्री वातावरण भए चार हजार मेगावाट विद्युत्मा लगानी गर्न तयार रहेको बताउँदै आएको छ ।

नेपाल र बंगलादेशी कम्पनीबीच सहकार्य गरेर केही ठूला मेघा परियोजनामा लगानी गर्ने इच्छा बंगलादेशले व्यक्त गरेको छ । भारतमा समेत पछिल्लो दिनमा कोइरालाबाट उत्पादन हुने विद्युत् उत्पादनमा प्रतिबन्ध लगाइएको छ ।

वातावरणमा प्रतिकूल प्रभाव पारेको भन्दै भारतमा कोइलाबाट उत्पादित विद्युत्लाई कटौती गर्दै लैजाने लक्ष्य राखेपछि नेपालको विद्युत्को बजार भारत हुन सक्ने देखिएको छ ।

यस्तै चीनले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने मात्रै नभई विद्युत् खरिद गर्ने सम्मको वचन नेपाललाई दिएको छ । प्रसारण लाइन निर्माणमा सहमति हुन सके  नेपालमा उत्पादित विद्युत् पाकिस्तानसम्म प्रवाह गर्न सकिने देखिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) को काठमाडौँमा सम्पन्न शिखर सम्मेलनले सार्क स्तरीय ग्रीड निर्माण गर्ने सहमति गरेको छ । यो पृष्ठभूमिमा नेपालको विद्युत् व्यापारको अवस्था सकारात्मक र सुधारोन्मुख हुने प्रक्षेपण गरिएको हो ।

सन् २०३० सम्म तीन खर्ब दश अर्बको व्यापार गर्न सक्ने तथ्यांक आइरहँदा सन् २०४५ सम्ममा १० खर्ब ६९ अर्ब बराबरको विद्युत् व्यापार नेपालले गर्न सक्ने देखिएको छ ।

त्यसका लागि नेपालले २५९६ बिलियन डलर लगानी गर्नुपर्ने छ । नेपाल  भारतबीत विद्युत् व्यापार सम्झौता समेत भइसकेको छ । सार्क फ्रेमवर्कभित्र ग्रीड कनेक्सनको विषय समेत अगाडि बढेको छ ।

बंगलादेशले नेपालको ऊर्जामा लगानीको समेत प्रतिवद्धता जनाएको र प्रक्रिया सुरु गर्न आग्रह गरिसकेको छ । यो सन्दर्भमा अब नेपाल सरकारले कुटनीतिक पहल मार्फत भारतको प्रसारण लाइन प्रयोग गर्न पाउने वातावरण बनाउनु जरुरी छ ।

बंगलादेशमा विद्युत्को माग उच्च छ । भारतकै केही राज्यमा  समेत नेपालको विद्युत् माग हुने देखिन्छ । चीन तर्फ पनि ४०० केभी क्षमताका ठूला प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढन लागेको छ ।

नेपालमा लगानीको वातावरण बन्दै गएको सन्दर्भमा जलविद्युत् क्षेत्रको विकासमा विशेष जोड दिन सकिएको खण्डमा त्यसले व्यापार घाटा घटाउने र आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने अवस्था संन्निकट देखिएको छ ।

यस्तै खाली रहेका जग्गा तथा सुक्खा डाँडामा समेत सौर्य ऊर्जा प्रणाली जडान गरेर सयौं मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । सरकारले पछिल्लो पटक बुढीगण्डकी जलविद्युत् आयोजनामा कसरी लगानी जुटाउन सकिन्छ भनेर तयार पारेको प्रतिवेदनमा समेत ऊर्जा व्यापारको विविध फेहरिस्त प्रस्तुत गर्दै व्यापार घाटा घटाउने महत्वपूर्ण अस्त्रको रुपमा जलविद्युत्लाई लिन सकिने देखिएको छ ।

राजनीतिक स्थिरता, नीतिगत प्रस्टता तथा लगानीमैत्री वातावरण भए नेपालको जलविद्युत् क्षेत्रले एकाध वर्षमा ठूलो प्रगति गर्न सक्ने देखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!