
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय १० रुपैयाँले बढेर तीन हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तीन हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













