प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

प्रहरी हवल्दारद्वारा ८ र १४ वर्षीया बालिकालाई बलात्कार

दाङ । दाङको भालुवाङमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दारले नाबालिकाहरूलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बलात्कार आरोपमा राप्ती गाउँपालिका-१, भालुबाङ पुल्चोकस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका छन् । दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बलात्कार आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइर...
धनकुटाको चानुवाका थापाद्वारा जन्मदिनमा ९० विद्यार्थीलाई स्विटर प्रदान

धनकुटाको चानुवाका थापाद्वारा जन्मदिनमा ९० विद्यार्थीलाई स्विटर प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-३ चानुवाका युवा राजकुमार थापाले जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई स्विटर प्रदान गरेका छन् । चानुवास्थित सरस्वती माध्यमिक विद्यालयका ९० जना विद्यार्थीहरूलाई थापाले स्विटर प्रदान गरेका हुन् । विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई स्विटर प्रदान गरिएको थापाले बताए । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरूलाई सहयोग गरौँ भन्ने लागेर स्विटर किनिद...
सुनवर्षीमा जुवाको खालबाट चार जना पक्राउ

सुनवर्षीमा जुवाको खालबाट चार जना पक्राउ

विराटनगर । जुवा खेल्दै गरेको अवस्थामा मोरङको सुनवर्षी नगरपालिका-९ भेडवाथानबाट आज साँझ चार जनालाई प्रहरीले पक्राउ गरेको छ । साँझ करिब ५ः३० बजे जुवाको खालमा छापा हानेर प्रहरीले जुवातास खेल्नेहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका-९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशी, सोही स्थानका ४७ वर्षीय सुरेशप्रसाद शाह, सुनवर्षी ६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपा...
हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने

धनकुटा । धनकुटाको हिलेमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिले ब्याडमिन्टन क्लबको आयोजनामा कात्तिक १४ गते कार्यक्रम हुन लागेको हो । तीन महिना पछि हुने तेस्रो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ कार्यक्रम गर्न लागिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका बहुचर्चित तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक क्लबका अध्यक्ष आशिष त...
कोशीमा काङ्ग्रेसले मन्त्रीको नाम नपठाएपछि राई भए ‘डबल’ मन्त्री

कोशीमा काङ्ग्रेसले मन्त्रीको नाम नपठाएपछि राई भए ‘डबल’ मन्त्री

विराटनगर । आफ्नो भागमा परेको मन्त्रालयका लागि नेपाली काङ्ग्रेसले मन्त्रीको नाम पठाउन नसकेपछि कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईलाई नै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा सत्ता गठबन्धनको सहमति अनुसार स्वास्थ्य मन्त्रालय काङ्ग्रेसको भागमा परेको थियो । तर, आन्तरिक विवादका कारण काङ्ग्रेसले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन...
रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीले जनाएको छ । यसअघि लामिछानेलाई...
एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

एमालेको दोष काङ्ग्रेसले बोकेर हिँड्न सक्दैन : डा. डिला संग्रौला 

धनकुटा । नेपाली काङ्ग्रेसकी केन्द्रिय सदस्य डा.  डिला सङ्ग्रौलाले सत्ता साझेदार दल नेकपा एमालेले गरेका हरेक गल्तिको भारी काङ्ग्रेसले बोकेर हिँड्न नसक्ने बताएकी छन् । उनले एमालेसँगको सहकार्य आस्थायी भएको बताउँदै आगामी चुनावमा काङ्ग्रेस एक्लै लड्ने समेत बताइन् । पार्टीले सञ्चालन गरेको सय दिने अभियानका क्रममा धनकुटा आइपुगेकी उनले पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् । भ्रष्टाचारमा मुछिएका जुनसुकै ...
लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी प्रदेशमा थपिए तीन मन्त्री

लुम्बिनी । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली काङ्ग्रेसबाट दुई र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवाल आन्तरिक मामिला तथा कानुनमन्त्री भएका छन् । तिमिल्सिना र कलवार काङ्ग्रेसका हुन् भने अग्रवाल जसपाका ह...
सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ : शेखर कोइराला

सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ : शेखर कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने बताएका छन् । आज नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने उल्लेख गरे । उनले वर्तमान सरकारले विकासका काममा ती...
जलेका बिरामीको उपचार थाल्ने तयारी

जलेका बिरामीको उपचार थाल्ने तयारी

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जलेका बिरामीहरूको उपचार थाल्ने तयारी गरेको छ । जलनको उपचारका लागि छुट्टै सेन्टर सञ्चालन गरेर उपचार थाल्ने तयारी गरिएको हो । प्रतिष्ठानमा अहिले छुट्टै भवनबाट बर्न सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारका अनुसार करिब एक महिनाभित्र बर्न सेन्टर सञ्चालन हुनेछ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थाप...
वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि…

वडाध्यक्ष अमेरिकाबाट नफर्किएपछि…

खोटाङ । खोटाङको साकेला गाउँपालिका-४ का वडाध्यक्ष अमेरिका गएपछि वडाको कामकारबाही प्रभावित भएको छ । वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि नेपाल नफर्किएपछि स्थानीयले वडा कार्यालयमा ताला लगाएका छन् । पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समि...
उदयपुरबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

उदयपुरबाट प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-६ बाट प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र १-०५-००१ ह ०१५३ नम्बरको अटोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अटो चालक त्रियुगा-३ का ४४ वर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा-११ का धिरज खड्का रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोमा लुकाएर राखेको ...
रवि र छविलाई अदालतमा उपस्थित गराइयो

रवि र छविलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै पक्राउ परेका उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको थियो । आइतबार अदालतमा उपस्थित गराएर उनलाई अनुसन्धानका लागि ६ दिनको...
सुनको मूल्य घट्यो 

सुनको मूल्य घट्यो 

विराटनगर । आज सुनको मूल्य घटेको छ । हिजो हालसम्मकै उच्च भएको सुनको मूल्य आज तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले घटेर दुई हजार ९५ रुपैयाँमा कारोबार भ...
केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु

केर्खा दुर्घटना अपडेट : पीडित पक्षसँग चार बुँदे सहमति पश्चात राजमार्ग सुचारु

विराटनगर । झापाको कमल गाउँपालिका-३ स्थित केर्खामा दुर्घटना पछि निम्तिएको अवस्था सामान्य भएको छ । पीडित पक्षसँग चार बुँदे सहमति भएपछि अवस्था सामान्य भएको हो । हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्ष, नागरिक समाज, जनप्रतिनिधि र प्रहरी प्रशासनको छलफलबाट चार बुँदे लिखित सहमति भएपछि अवस्था सामान्य भएको हो । छलफलबाट पीडित पक्षलाई अधिकतम क्षतिपूर्ति दिला...
झापाको केर्खामा बसको ठक्करबाट हजुरबा-नातिनीको मृत्यु

झापाको केर्खामा बसको ठक्करबाट हजुरबा-नातिनीको मृत्यु

झापा । झापाको कमल गाउँपालिका-४ केर्खामा बसको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र.१-०१-००१ ख ४३३१ नम्बरको बसले आज साँझ करिब ५ः३० बजे विद्युतीय साइकललाई ठक्कर दिएको हो । ठक्करबाट कमल गाउँपालिका-३ सानो केर्खामा ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ९ वर्षीया नातिनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानी...
सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

सिधुवामा अनुगमनका क्रममा भेटिए म्याद गुज्रिएका पेय पदार्थ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवा बजारमा अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका छन् । आज घरेलु तथा साना उद्योग कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्च धनकुटाले संयुक्त रूपमा गरेको अनुगमनमा म्याद गुज्रिएका सामग्री भेटिएको हो । होटल, इन्धन, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलहरूमा...
फेरिए मोरङका प्रहरी प्रमुख

फेरिए मोरङका प्रहरी प्रमुख

विराटनगर । मोरङका प्रहरी प्रमुख फेरिएका छन् । झापा घर भएका प्रहरी उपरीक्षक एसपी नारायण चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख बनेर आएका हुन् । यसअघिका एसपी नवराज कार्की प्रहरी प्रधान कार्यालय गएका छन् । मोरङ आएको ८ महिनामै एसपी कार्कीलाई हेडक्वार्टर तानिएको हो । एसपी कार्की आर्थिक लेनदेनमा मुछिएको उजुरी परेपछि उनलाई हेडक्वार्टर तानिएको स्रोतको दावी छ । अपराध अनुसन्धान विभागमा कार्यरत एसप...
सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

सहिदभूमिमा खाना पकाउने क्रममा आगलागी 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ स्थित एउटा घरमा आगलागी भएको छ । आज डाँडागाउँ स्थित थामशेर राईको फुसको छानो भएको एक तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, कागज पत्र र नगदसहित घरमा भएका सम्पूर्ण सामान नष्ट भएका प्रहरीले जनाएको छ । १२ बजे लागे...
सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा आठ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६६ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको थियो । अस्ति सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढ...
सरकारले देश र जनताको पक्षमा सकारात्मक काम गर्न सकेन : नारायणकाजी श्रेष्ठ

सरकारले देश र जनताको पक्षमा सकारात्मक काम गर्न सकेन : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारले एक सय दिनमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न मेहनत गर्नै नपर्ने उल्लेख गरे । ‘दुईवटा प्रमुख दल मिल...
५० कार्टुन सिक्किमे मदिरा बरामद

५० कार्टुन सिक्किमे मदिरा बरामद

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ मेवाखा स्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो बेलुका चेकजाँचको क्रममा ५० कार्टुन सिक्किमे मदिरा बोकेर इलामबाट ताप्लेजुङ तर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो । गाडी र मदिरासहित झापाको बुद्धशान्ती गाउँपालिका-३ का महेन्द्र बर्देवा र चालक सोही स्थानका सनम राईलाई ...
उदयपुरमा आगो लगाएर पत्नीको हत्या

उदयपुरमा आगो लगाएर पत्नीको हत्या

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ मा पतिले पेट्रोल छर्किएर आगो लगाउँदा पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा ४८ वर्षीय पति दानबहादुर राईले ४० वर्षीया पत्नी पूर्णकुमारी राईलाई आगो लगाएका थिए । शरीरको विभिन्न भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपु...
सुनको मूल्यले राख्यो पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

सुनको मूल्यले राख्यो पुनः नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

विराटनगर । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज तोलामा तीन सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६५ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज पाँच रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा दुई हजार एक सय रु...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीले घोषणा गर्‍यो उम्मेदवार 

विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि उम्मेद्वार घोषणा गरेको छ । आज माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको हो । माझी केही समय अगाडि नेपाली काङ्ग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनी ग्रामथान गाउँपालिकाको १ नम्बर वडामा २०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा निर्वाचित भएका थ...
भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

भारतीय कारबाट एक सय तीन किलो गाँजा बरामद

विराटनगर । विराटनगर-१५ बाट प्रहरीले एक सय तीन किलो गाँजा बरामद गरेको छ । हिजो नेपालबाट भारततर्फ गइरहेको बी आर ३८ ए डब्लु ३७७६ नम्बरको भारतीय कारबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कारको डिक्कीमा गाँजा फेला पारेको थियो । इलाका प्रहरी कार्यालय रानीले गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरि...
सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

विराटनगर । सुनको मूल्यले पुनः नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा छ सय बढेको सुन एक लाख ६५ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा २० रुपैयाँ बढेर चाँदी दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

सुनसरीको बराहक्षेत्रमा कार दुर्घटना

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ झण्डा चोक स्थित करम खोलामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विराटनगरबाट हेटौँडार्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ६०६९ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।  दुर्घटनामा इटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय मनोज कार्की, विराटनगर-११ का ७१ वर्षीय युवराज कार्की, उनकी श्रीमती ६१ वर्षीया कविता कार्की र सोही स्थानकी ८ वर्षीया आर...
धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण

धनकुटा । धनकुटामा तनाव मुक्त र सकारात्मक जीवनशैलीका विषयमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले टुँडिखेल नजिक रहेको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो । आजबाट सात दिनसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी निर्मलाले जानकारी दिइन् । सो सेवा केन्द्रले आज बिहान पत्रकार भेटघाट कार्यक्रम आ...
विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगरमा सय वर्ष नाघेका दुई वृद्धलाई गरियो अभिनन्दन

विराटनगर । विराटनगरमा एक सय वर्ष नाघेका दुई वृद्धलाई आज अभिनन्दन गरिएको छ । विराटनगर-६ स्थित घनश्याम पोखरेल स्मृति प्रतिष्ठानले विराटनगर-२ निवासी शताव्दी पुरुष नारायण खनाल र विराटनगर-३ निवासी वद्रीनाथ खतिवडालाई अभिनन्दन गरेको हो । विराटनगर-४ कञ्चनबारी पिपलचौकस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा सय वर्ष नाघेका खनाल र खतिवडालाई सम्मानसहित अभिनन्दन गरिएको हो । कार्यक्रममा कोशी प्रदेश...
error: Content is protected !!