झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर गएराति दुई जनाको मृत्यु भएको छ । पैनीमा बिजुलीको तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा झापाको हल्दीबारी गाउँपालिका–४ का ३३ वर्षीय नरेश मोक्तानको मृत्यु भएको हो । प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यसैगरी, सुनसरीको हरिनगर गाउँपालिका–२ का ६...
कोशी प्रदेशमा ९८.१७ प्रतिशत रोपाइँ

कोशी प्रदेशमा ९८.१७ प्रतिशत रोपाइँ

विराटनगर । कोशी प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ९८.१७ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय, कोशी प्रदेशको तथ्याङ्क अनुसार साउन २७ सम्म २ लाख ७६ हजार ३८६ हजार धान खेतीयोग्य क्षेत्रफलमध्ये २ लाख ७१ हजार ३४२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो । ताप्लेजुङमा ९७, सङ्खुवासभामा ९५, सोलुखुम्बुमा ९७.६१, पाँचथरमा ९४ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले...
उर्लियो अरुण नदी, सतर्कता अपनाउन आग्रह

उर्लियो अरुण नदी, सतर्कता अपनाउन आग्रह

सङ्खुवासभा । निरन्तरको वर्षासँगै अरुण नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सतर्कता अपनाउन आग्रह गरेको छ । अरुणको बाढीले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको डाइभर्सन टनेलमा ओभरफ्लो भएर पानी बगिरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार डाइभर्सन टनेलमा पानी नअटेपछि निर्माण हुँदै गरेको बाँध भरिएर ओभरफ्लो भएको हो । जिल्ला प्रशासन कार्यालयले नदी...
कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

कोशीमा गाउँपालिका अध्यक्षसहित ७ पद रिक्त

विराटनगर । कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्षसहित सातजना जनप्रतिनिधिको पद रिक्त छ । देशभर गरी विभिन्न जिल्लामा ३४ वटा पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । ती रिक्त स्थानहरूमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न प्रस्ताव गरिएको छ । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पद रिक्त छ । सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्ष पद रिक्त छ भने झापाको कनकाई नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त रहेको आ...
इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलामको सूर्योदयमा कोठा खोज्ने बहानामा सुनचाँदीका गहना चोरी

इलाम । कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गहना चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलामको सूर्याेदय नगरपालिका–१० का हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका व्यक्तिले गहना चोरी गरेका हुन् । प्रहरीका अनुसार दार्जिलिङका ३० वर्षीय देवव्रत रायले घरको कोठा हेर्ने भन्दै भित्र गएर दराज खोली सुन, चाँदीका गहना र नगद चोरी गरेका थिए । चोरीपछि भाग्दै गरेको अवस्थामा स्थान...
गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली, कार छाडेर चालक फरार

गाँजा नियन्त्रणमा लिन सुनसरीमा प्रहरीले चलायो गोली, कार छाडेर चालक फरार

सुनसरी । गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरीले सुनसरीमा आज दिउँसो गोली चलाएको छ । भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल गाँजा नियन्त्रणमा लिइएको छ । डब्लूबी ७४ एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । धरान–१५, श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गर्नुपरेको प्रहरीको भनाइ छ । जिल्ला प्रह...
अन्तरस्कुल फुटसल प्रतियोगितामा सेन्ट जोसेफ विजयी

अन्तरस्कुल फुटसल प्रतियोगितामा सेन्ट जोसेफ विजयी

विराटनगर । अन्तर स्कुल फुटसल प्रतियोगितामा विराटनगरको सेन्ट जोसेफ स्कुल विजयी भएको छ । फाइनल खेलमा कोशी मल्टिपल कलेजलाई पराजित गर्दै सेन्ट जोसेफ विजयी भएको हो । अन्तिम समयसम्म एक/एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा कोशी मल्टिपललाई सेन्ट जोसेफले पराजित गरेको हो । आदर्श स्कुललाई पराजित गर्दै कोशी मल्टिपल र पोखरियालाई पराजित गर्दै सेन्ट जोसेफ फाइनलमा पुगेका थिए । खेलमा उत्कृष्ट...
जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशीलाई फर्काइयो

जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशीलाई फर्काइयो

विराटनगर । जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुईजना बंगलादेशी नागरिकलाई आज फिर्ता पठाइएको छ। प्रहरीका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशी नागरिक ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिरै फर्काइएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा उनीहरुलाई फेला पारी फर्काइएको ह...
ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, तीनजना घाइते

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना, तीनजना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सान्थाक्रामा आज बोलेरो गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । दोभानबाट नाल्वु जाँदै गरेको ग३च ९८४७ नम्बरको गाडी दुर्घटना भएको हो । मेरिङदेन–२ सान्थाक्रामा उकालोमा नचढेपछि चालक पेम्वा शेर्पा गाडी स्टार्टमै छोडेर ओट लगाउन गाडीबाट झरेका बेला सडकबाट २० मिटर तल गाडी खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार फुङलिङ नगरपालिका–...
बालिका बलात्कारका दोषी कारागार चलान

बालिका बलात्कारका दोषी कारागार चलान

खोटाङ । खोटाङमा सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरी फरार भएका एक युवक १३ वर्षपछि पक्राउ परेका छन् । साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राईलाई प्रहरीले पक्राउ गरेको हो । २०७२ माघ १८ गते राति १४ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई उनले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धान र बहस पैरवीपछि जिल्ला अदालत खोटाङले २०७९ चैत ३० गते उनलाई कैद...
अब सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र, कोशीबाट सुरु गरिने

अब सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र, कोशीबाट सुरु गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरूलाई सम्मान गर्दै मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् ।  आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको उनले उल्लेख गरे । ‘मानव अङ्गदानका ला...
जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने

ताप्लेजुङ । जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलि बुधबारदेखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेर उडान सुरु गर्न लागेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए उडान गर्ने निधो भएको छ । निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसयता उडान गरेको छैन । यसअघि सोमबार, बुधबार र...
झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

झापाको बाह्रदशीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिका–२ मा मोटरसाइकलको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ । मे ४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्री बाह्रदशी–१ नयाँबस्तीका ४२ वर्षीय च्याङ्वा तामाङको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कचनकवल गाउँपालिका–१...
युवतीलाई मौरिसस पुर्‍याएर ‘बेचेको’ आरोपमा झापाका एकजना पक्राउ

युवतीलाई मौरिसस पुर्‍याएर ‘बेचेको’ आरोपमा झापाका एकजना पक्राउ

झापा । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन गरेको आरोपमा झापाका एक जनालाई पक्राउ गरेको छ । ग्रीन कार्डको लोभ देखाएर एकजना युवतीलाई मौरिसस पुर्याएको आरोपमा झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई पक्राउ गरिएको हो । २७ वर्षीया पीडित युवतीले गत असार २० गते मौरिससबाट फर्केपछि ब्युरोमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार ती युवतीलाई मासिक ७० हजार तलब हुने कुकको का...
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको डेढ लाखभन्दा बढी

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको डेढ लाखभन्दा बढी

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि हिजो प्रतितोला छापावाल सुन एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।  चाँद...
‘मङ्गल ग्रहमा पानीको भण्डार’

‘मङ्गल ग्रहमा पानीको भण्डार’

काठमाडौँ । मङ्गल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले मूर्त रूप पाएको छ । अनुसन्धानपछि मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् । मंगल ग्रहको चट्टानी बाहिरी ‘क्रस्ट’ को गहिराइमा वैज्ञानिकहरूले पानीको भण्डार फेला पारेको जनाएका हुन् । सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबा...
धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

धरानको होटलमा जुवातास खेल्ने आठजना पक्राउ

सुनसरी । धरान उपमहानगरस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८ भोटेपुलस्थित कञ्चनजङ्घा होटल एन्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल सञ्चालिका ४९ वर्षीया प्रमिला योङदेनसमेत आठजना छन् । अन्यको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । इलाक...
बन्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

बन्चरो प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ

सिन्धुली । बन्चरो प्रहार गरी आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । ६० वर्षीय लालबहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनका छोरा २१ वर्षीय अमृत घिमिरे विक पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ पन्थचौरी लामपातका लालबहादुरलाई सुतेको अवस्थामा गएराति छोरा अमृतले बन्चरो प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे जानका...
मधेश प्रदेश सरकारबाट आठजना राज्यमन्त्रीलाई हटाइयो

मधेश प्रदेश सरकारबाट आठजना राज्यमन्त्रीलाई हटाइयो

वीरगन्ज । मधेश सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मङ्गलबार पत्र पठाइएको छ । केन्द्रको सत्तारुढ दलहर...
सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु

सप्तरीमा पुलबाट ट्रक खस्दा मोरङको उर्लाबारीका चालकको मृत्यु

विराटनगर । सप्तरीमा क्लिङ्कर बोकेको ट्रक दुर्घटना हुँदा मोरङको उर्लाबारी घर भएका चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५, मोहनपुर पुलमा आज बिहान भएको दुर्घटनामा चालक उर्लाबारी–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो । मधेश प्रदेश–०३–००१ ख ८१८१ नम्बरको ट्रक क्लिङ्कर बोकेर गुडिरहेका बेला मोहनपुर पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ...
मोरङको बेलबारीमा मृत अवस्थामा हात्तीको छावा भेटियो

मोरङको बेलबारीमा मृत अवस्थामा हात्तीको छावा भेटियो

विराटनगर । मोरङको बेलबारीमा आज बिहान हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । बेलबारी नगरपालिका–३ मा स्थानीय बासिन्दाले छावा मृत अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । करिब तीन वर्षको उक्त छावा के कारणले मरेको हो भन्ने खुलिसकेको छैन । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आएर त्यसबारे अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
विराटनगरका युवा उद्यमीद्वारा रक्तदान

विराटनगरका युवा उद्यमीद्वारा रक्तदान

विराटनगर । विराटनगरका युवा उद्यमीहरूले रक्तदान गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार युवा उद्यमी मञ्च विराटनगरले रानीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा युवा उद्यमीसहित ६२ जनाले रक्तदान गरेको युवा उद्यमी मञ्च विराटनगरका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । रक्तदानका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलले प्राविधिक सहयोग गरेको थियो । अन्तर्राष्ट्रिय युवा दिवस...
विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना

विद्यार्थीलाई ट्राफिक सुरक्षाबारे सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेन्ट्रल र रोट्राक्ट क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको कोबास कलेजमा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुन्दर श्याम पोखरेलको टोलीले विद्यार्थीहरूलाई ट्राफिक नियम, अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए । ट्राफिक सुरक्षाबारे...
विद्यालयस्तरीय बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

विद्यालयस्तरीय बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

विराटनगर । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि बुढानीलकण्ठ माध्यमिक अङ्ग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयमा आज सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका २६ विद्यार्थीलाई पछि पार्दै शर्माले प्रथम स्थान हासिल गरेका हुन् । प्रतियोगितामा पोखरिया मा...
माछा र भात खाएका एकै परिवारका तीन बालबालिकाको मृत्यु

माछा र भात खाएका एकै परिवारका तीन बालबालिकाको मृत्यु

बारा । माछा र भात खाएका बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी गाउँको एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । स्थानीय नरेश राम चमारका दुईजना छोरी र एक छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पाठे माछा र भात खाएलगत्तै उनीहरूलाई पेट दुख्ने समस्या भएको थियो । स्थानीय क्लिनिकमा प्रारम्भिक उपचारपछि उनीहरूलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै ९ वर्षीया लालिमा रामको मृत्यु भ...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

धनकुटा । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालले धनकुटामा आयोजना गरेको कार्यक्रममा ५९ पाउण्ड रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी धनकुटा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र राई प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई लगायतको उपस्थिति थियो । त्यस अवसरमा जनप्रतिनिधि...
भेडेटारमा सात क्विन्टलभन्दा बढी गाँजा बरामद

भेडेटारमा सात क्विन्टलभन्दा बढी गाँजा बरामद

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा सात सय किलोभन्दा बढी गाँजा बोकेको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक पाख्रीबास नगरपालिका–१० का टंकबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरान गइरहेको ना ८ ख १२६८ नम्बरको ट्रक चालक मगरलाई प्रहरी चौकी भेडेटारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । तरकारी बोकेको ट्रकलाई जाँच गर्ने क्रममा २३ वटा बोराभित्र ...
सुनसरीको भन्टाबारीमा दुर्व्यसनी निगरानी कक्ष स्थापना

सुनसरीको भन्टाबारीमा दुर्व्यसनी निगरानी कक्ष स्थापना

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ मा लागूऔषध दुर्व्यसनी निगरानी कक्ष स्थापना गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको प्रमुख आतिथ्य तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षको उद्‌घाटन गरिएको हो । प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागूऔषधको प्रयोगले आपराधिक घट...
समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकः एमाले उपाध्यक्ष बराल

समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकः एमाले उपाध्यक्ष बराल

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले समाज परिवर्तनका लागि स्वच्छ राजनीतिको आवश्यकता पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संगालोखबरसँगको कुराकानीमा उपाध्यक्ष बरालले यस्तो बताएका हुन् । राजनीतिसँग जनता असन्तुष्ट नभएको बताउँदै उनले भने, ‘नागरिकको भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि हो । जसरी प्रकृतिमा स्वच्छ हावाको आवश्यकता पर्दछ । समाज परिवर्तनका लागि स्...
झापाको भद्रपुरमा खोलामा डुबेर बालकको मृत्यु

झापाको भद्रपुरमा खोलामा डुबेर बालकको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–१ निवासी महेश रसाइलीका ९ वर्षीय छोरा सौरभको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पौडी खेल्ने क्रममा उनी डुबेका थिए । स्थानीय देवी खोलामा डुबेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।  
झापाको दमकबाट पेस्तोलसहित युवक पक्राउ

झापाको दमकबाट पेस्तोलसहित युवक पक्राउ

झापा । झापाको दमकबाट पेस्तोलसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका–५ बाट आज बिहान दमक–८ का ३६ वर्षीय सञ्जीव गजमेर पक्राउ परेका हुन् । को ३८ प ५६४९ नम्बरको स्कुटरमा आइरहेका गजमेरलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले रोकेर जाँच गर्ने क्रममा पेस्तोल भेटिएको थियो । उनको साथबाट पेस्तोलको दुईथान म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
error: Content is protected !!