इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

इलाममा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु

विराटनगर । जंगली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेका माङ्सेबुङ–५, का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको आइतबार मृत्यु भएको हो । च्याउ खाँदा स्थानीय धनराज साङ्बाङ पनि बिरामी परेका हुन् । च्याउ खाएको केही घण्टामै उनीहरूमा वान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो । उनीहरूलाई तत...
भेडेटारबाट गाँजासहित दुई जना पक्राउ

भेडेटारबाट गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का १९ वर्षीय प्रवेश राई र धनकुटा नगरपालिका-१ हिलेका ३९ वर्षीय दिनेश तामाङ छन् । तामाङ इभी चालक हुन् । हिलेबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको इभी गाडीमा चेकजाँच गर्दा गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्...
धनकुटाको भाषा माविमा भौतिक पूर्वाधार निर्माण

धनकुटाको भाषा माविमा भौतिक पूर्वाधार निर्माण

धनकुटा । धनकुटा नगरपालिका-३ कागतेमा रहेको भाषा माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको सहयोगमा करिब १० लाख बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको हो । विद्यालयलाई व्यवस्थित गर्ने उद्देश्यले भौतिक पूर्वाधार अन्तरगत प्रवेशद्वार, ब्लक र कम्पाउण्ड निर्माण गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले विद्यालयलाई व्यवस्थित र आकर्षक बनाउन भौतिक निर्माणमा सहयोग गरिएको बत...
धनकुटाबाट पिकअपमा राखेर लैजाँदै गरेको ८९० किलो गाँजासहित एक जना पक्राउ

धनकुटाबाट पिकअपमा राखेर लैजाँदै गरेको ८९० किलो गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ सेलिङबाट गएराती ठूलो परिमाणमा गाँजा बरामद भएको छ । पिकअपमा राखेर लैजादै गरेको अवस्थामा धनकुटा र मोरङको सीमा क्षेत्रबाट राती करिब १ बजे ८९० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनकुटाको बुढीमोरङबाट प्र १–०२–००२ च ५२३८ नम्बरको पिकअपभित्र २९ वटा बोरामा प्याक गरेर मोरङको केराबारीतर्फ लैजादै गरेको अवस्थामा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रव...
धनकुटामा १८ सय किलो गाँजा जलाएर नष्ट

धनकुटामा १८ सय किलो गाँजा जलाएर नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरेको छ । आज धनकुटा नगरपालिका-९ मूलघाट स्थित तमोर नदी किनारमा गाँजा जलाएर नष्ट गरिएको हो । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार एक हजार आठ सय ३८ किलो गाँजासहित अन्य लागूऔषध जलाएर नष्ट गरिएको छ । ट्रामाडोल चार सय १४ क्याप्सुल, डाइजिपाम ५० ट्याब्लेट तथा स्पास्पेन र स्पासरेस्ट लेखिएको डाइसिक्लोमा...
धनकुटाका प्रहरी सहायक निरीक्षक रुद्र पराजुली बने कोशी प्रदेशको उत्कृष्ट प्रहरी

धनकुटाका प्रहरी सहायक निरीक्षक रुद्र पराजुली बने कोशी प्रदेशको उत्कृष्ट प्रहरी

विराटनगर । धनकुटाको राजारानीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर पराजुली कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी बनेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुर घर भएका पराजुलीलाई वैशाख महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो । विभागीय मूल्यमान्यता, आदेश, निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह ग...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ खाम्लुङको साक्फारामा बोलेरो गाडी दुर्घटना हुँदा ९  जना घाइते भएका छन् । नाल्बुबाट सदरमुकाम फुङलिङतर्फ आउँदै गरेको ज १ च १३१७ नम्बरको बोलेरो गाडी आज बिहान साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी मेरिङदेन गाउँपालिका–६ नाल्बुका साङगे शेर्पा, १७ वर्षीया दावा शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीया दावाचुङदा शेर्पा, ६८ वर्षीय भीमकुमार केदेम...
भारतबाट भित्रियो ४ करोड भन्दा बढीको खरबुजा

भारतबाट भित्रियो ४ करोड भन्दा बढीको खरबुजा

झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट साढे ४ करोड बढीको खरबुजा नेपाली बजारमा भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० किलोग्राम खरबुजा आयात भएको हो । चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै चैतमा १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २ सय ३० किलो खरबुजा भारतबाट आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । ...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ हवाकु पञ्चमी टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्टर चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो । प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि गणेशमान सिंह अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । सिमेन्ट बोकेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित सडकबाट कर...
धनकुटाबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटाबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको सँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट ५१ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । तेह्रथुमबाट इटहरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रुबाहक इभी गाडीमा चेकजाँच गर्दा गाँजा भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-७ की २६ वर्षीय लक्ष्मी राई र इभी चालक तेह्रथुमको म्याङलुङ नगरपालिका-७ का ३७ वर्षीय प्रकाश गुरुङ छन् । उनीहरूका स...
सुन्दरहरैँचा नगरपालिका ‘ढुकुर जोडी’ खोज्दै, कस्ता छन् मापदण्ड ?

सुन्दरहरैँचा नगरपालिका ‘ढुकुर जोडी’ खोज्दै, कस्ता छन् मापदण्ड ?

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले प्रेमको प्रतीक मानिने ढुकुर जोडी जस्तै दम्पतीको खोजी गरेको छ । नगर क्षेत्रका उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ का रूपमा सम्मान गर्न कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । उत्कृष्ट जोडीको तस्बिर  १२ वडा वडा कार्यालयमा एक वर्षसम्म राखिनेछ । ढुकुर जोडी छनोटका लागि नगरपालिकाले विभिन्न मापदण्ड बनाएको छ । विवाह गरेको १० वर्ष पूरा भएको हुनुपर्ने, विवाह दर्त...
मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि 

मोरङले जित्यो प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि 

विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । गौरादह कभर्ड हलमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो । प्रतियोगितामा ५ पदकसहित झापा दोस्रो र ३ पदकसहित सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमा...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेर १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो छापावाल सुन १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । हिजो तोलामा १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ मूल्य बढेर २ हजार २५ र...
भेडेटारबाट गाँजासहित सवारीचालक नियन्त्रणमा

भेडेटारबाट गाँजासहित सवारीचालक नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । आज भोजपुरबाट धरानतर्फ जाँदै गरेको को १ ज ३१६२ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा गाँजा फेला परेको हो । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा गाडी चालक धनकुटाको सहिदभूमि गाउँपालिका-६ का ३४ वर्षीय राजेश राई छन् । गाडीको छतमा जेब्रा झोलामा राखिएको अवस्थामा गाँजा बरामद भए...
धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित चार जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ त्रिवेणीचोकका २५ वर्षीय अभिषेक लिम्बुको घरमा खानतलासी गरेको थियो । सोही क्रममा लिम्बु र उनकै घरमा आएका जिरोपोईन्टका १९ वर्षीय सागर सहनीको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो जस्तो देखिने लिसाइलो वस्तु पोका बनाएको अवस्थामा २२ थान प्रहरीले ...
धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

धनकुटामा पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने

धनकुटा । धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ प्रतिष्ठानको आयोजनामा पाँचौँ संस्करणको पालिकास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । आज प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै जेठ १४ गतेदेखि १७ गतेसम्म सहिद श्रेष्ठको स्मृतिमा प्रतियोगिता हुने जानकारी दिएको हो । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकासहित सात टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्...
सुनसरीमा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ३६ बङ्गुर मरे

सुनसरीमा अफ्रिकन स्वाइन फिभर संक्रमणबाट ३६ बङ्गुर मरे

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फीभर सङ्क्रमणबाट ३६ बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल सुनसरीका अनुसार बराहक्षेत्र-१ को दियाली कृषि फार्मका २० वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा १७ वटा मरिसकेका छन् । सोही ठाउँको बराह बङ्गुर फार्ममा पनि संक्रमण देखिएको छ । उक्त फार्मका १५ वटा बङ्गुरमा सङ्क्रमण देखिएकोमा ७ वटा मरेका छन् । त्यस्तै सुवास श्रेष्ठको बङ्गुर फार्ममा २२ वटामा...
निगुरो टिप्न गएका पुरुष कानेपोखरी जंगलमा मृत फेला

निगुरो टिप्न गएका पुरुष कानेपोखरी जंगलमा मृत फेला

विराटनगर । मोरङको कानेपोखरी जंगलमा एक पुरुष मृत फेला परेका छन् । कानेपोखरी गाउँपालिका-५ का ५२ वर्षीय जितलाल राजवंशी मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी दुई दिनदेखि हराइरहेका थिए । निगुरो टिप्न भनेर घरबाट निस्किएका उनी घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा आज बिहान ११ बजे घरबाट करिब ५ किलोमिटर उत्तर जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी कानेपोखरीबा...
कोशीमा चार वर्षमा चट्याङबाट ५१ जनाको मृत्यु, ४८ घाइते

कोशीमा चार वर्षमा चट्याङबाट ५१ जनाको मृत्यु, ४८ घाइते

विराटनगर । कोशी प्रदेशमा चार वर्षको अवधिमा चट्याङबाट ५१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको मृत्यु भएको हो । सो अवधिमा चट्याङबाट ८४ जना घाइते भएका छन् भने तीन सय ६६ घर प्रभावित बनेका छन् । यस्तै चार सय २० वटा चौपाया मरेका छन् । कोशीमा चट्याङबाट एक करोड ६० लाख ४५ हजार पाँच सय बराबरको धनमाल क्षति भएको प...
विराटनगरमा मन्त्री सवार गाडीलाई सफारीले ठक्कर दियो

विराटनगरमा मन्त्री सवार गाडीलाई सफारीले ठक्कर दियो

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम सवार बोलेरो गाडीलाई सिटी सफारीले ठक्कर दिएको छ । सोमबार साँझ विराटनगर-३ कञ्चनबारी चोकमा बरगाछीतर्फ जाँदै गरेको अवस्थामा सफारीले ठक्कर दिएको हो । मन्त्री सवार प्रदेश १-०४-००१ झ ०१०९ नम्बरको बोलेरो गाडीलाई ट्राफिक रेड लाइटमा रोकेको अवस्थामा प्र १०२-००४६ ५७६७ नम्बरको सिटी सफारीले ठक्कर दिएको प्रहरीले जनाएको छ । सिटी सफारीको ...
कोशी प्रदेशको नीति तथा कार्यक्रममा के-के समावेश छ ? (पूर्णपाठ)

कोशी प्रदेशको नीति तथा कार्यक्रममा के-के समावेश छ ? (पूर्णपाठ)

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयहरूलाई जोड दिइएको छ । निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयका रूपमा विकास गर्ने, प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवं संस्था...
स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने

स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने

विराटनगर । कोशी घुम्ती अस्पताल संचालनका लागि अस्पताल तथा प्रतिष्ठानसँग समन्वय गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले यस्तो बताएका हुन् । स्वास्थ्य बीमामा नागरिकको आवद्धता बढाउन स्थानीय तहसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै शैलजा हृदय रोग केन्द्रको सेवा विस्तार तथा रूपान्तरण गरिने, प्रादेशिक आयुर्वे...
निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालय बनाइने 

निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालय बनाइने 

विराटनगर । निजामती आवासीय विद्यालय धनकुटालाई प्रदेशको नमूना विद्यालयका रूपमा विकास गरिने भएको छ । आज आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नमूना विद्यालयका रूपमा विकास गरिने बताएका हुन् । प्राविधिक शिक्षालयको विकास र विस्तारका लागि नीतिगत एवं संस्थागत व्यवस्था मिलाई क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिक...
मोरङको कानेपोखरीमा सांसदहरू चढेको गाडी दुर्घटना 

मोरङको कानेपोखरीमा सांसदहरू चढेको गाडी दुर्घटना 

विराटनगर । मोरङको कानेपोखरीमा कोशी प्रदेश सांसद सवार गाडीलाई प्रहरी नायब उपरीक्षक डीएसपी चढेको गाडीले ठक्कर दिएको छ । आज दिउँसो २ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको गाडीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिएइ १४०६ नम्बरको गाडीलाई ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहन बिक्रम दाहालका अनुसार बिएइ १४०६ नम्बरको गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरला...
भोजपुरको ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा

भोजपुरको ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा

विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिका स्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भीर ओझेलमा परेको छ । गोल्मे राजा, गोल्मे रानीको किंवदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । परापूर्वकालमा उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले बिहेको जन्ती लिएर धनकुटाको राजारानी पुर्याउने क्रममा उक्त स्थानमा आइपुग्दा कलियुग सुरु हुँदा राजारानीसहित ज...
लाखौँ रकम सापटी लिएर बेपत्ता भइन् इटहरीकी शाखा अधिकृत

लाखौँ रकम सापटी लिएर बेपत्ता भइन् इटहरीकी शाखा अधिकृत

विराटनगर । इटहरी उपमहानगरपालिकाकी शाखा अधिकृत सस्मिता लुइँटेल दुई महिनादेखि बेपत्ता छिन् । आर्थिक लेनदेनको विषयमा प्रहरीमा उजुरी परेपछि बेपत्ता भएकी लुइँटेल महानगरपालिकामा हाजिर समेत भएकी छैनन् । उनले झापा र इटहरीमा विभिन्न व्यक्ति तथा कर्मचारीसँग विभिन्न समस्या देखाएर  सापटी भन्दै लाखौँ रकम लिएको खुलेको छ । उनका विरुद्धमा इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको ...
एक सय ३५ जना आरोही एकैदिन सगरमाथा शिखरमा

एक सय ३५ जना आरोही एकैदिन सगरमाथा शिखरमा

विराटनगर । आइतबार एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा पुगेका छन् । मौसम अनुकुल भएसँगै एकैदिन धेरै सङ्ख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणको शुरुका केही दिन अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेको छ । आज पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेको विभागको भनाइ छ । यसैबीच फोटो पत्रकारसमेत रहेकी कीर्तिमानी...
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज 

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज 

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । कार्यवाहक प्रदेश सभा सचिव गौतम राज अमात्यका अनुसार प्रदेश सभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्ने कार्यसूची छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला छ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ८४ दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदीको मूल्य यथावत छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको...
मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रतुवामाई-६ कै ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १-०२-०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल च...
वर्षा गराउने बादल विकसित भइरहेकाले सतर्क रहन विभागको आग्रह

वर्षा गराउने बादल विकसित भइरहेकाले सतर्क रहन विभागको आग्रह

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने बादल विकसित भइरहेकाले सर्तकता अपनाउन आग्रह गरेको छ । आज सूचना जारी गर्दै महाशाखाले देशका पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको जनाएको हो । विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा म...
error: Content is protected !!