पुलका सामग्री चोरेको आरोपमा वडाध्यक्ष पक्राउ
काभ्रे । पुलका सामग्री चारी गरेको आरोपमा काभ्रेको रोशी गाउँपालिका ७ का वडाध्यक्ष अशोक गौतम पक्राउ परेका छन् । गत असोज १२ गते आएको बाढीले भत्काएको फलामको पुलका सामग्री चोरेर कवाडीमा बेचेको आरोपमा वडाध्यक्ष गौतमलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
बाढीले नमोबुद्ध नगरपालिका वडा नं. ६ र रोशी गाउँपालिका वडा नं. ७ जोड्ने फलामको पुल बगाएको थियो । सोही पुलमा बाँकी रहेका फलामका सामग्री अनधिकृत रूपमा कव...






























