विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आस सुनको मूल्य तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला एक सय रुपैयाँले घटेर एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
मङ्गलबार सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो भने मङ्गलबार एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।