वडासम्मै दुई अध्यक्ष राख्ने माओवादी प्रस्ताव एमालेद्वारा अस्वीकार
काठमाडौं, १८ चैत । पार्टी एकतापछि केन्द्रमा जस्तै तल्ला कमिटीहरुमा पनि दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।
सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने भन्दै एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव राख्ने प्रस्ताव गरेको हो ।
केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँट नमिलेका कारण अन्य कमिटीहरु कसरी समायोजन गर्ने प्र...