लागोस,नाइजेरिया, १७ चैत । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराले आक्रमण गर्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ भने कैयन घाइते भएका छन् ।

मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेको बताइएको छ ।

Advertisement

सन् २०१८ को खेती लगाउने समयसँगै हुनसक्ने लुटेराको आक्रमणलाई प्रतिकार गर्ने योजना बनाउन स्थानीय बवन दाजी गाउँमा भेला भएका गाउँलेहरूमाथि  लुटेरा समूहले बिहीबार आक्रमण गरेको सिन्ह्वाले जनाएको छ ।

समाचार अनुसार, लुटेराले आक्रमण गर्नु पहिले गाउँमा कुनै खेतीजन्य गतिविधि नगर्न चेतावनी दिएका थिए । तर चेतावनीविपरीत खेतीकार्यमा लागेपछि गाउँलेहरुमाथि आक्रमण भएको बताइएको छ ।

अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै मृतक गाउँलेको अन्तेष्टि गरिएको बताए ।

उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने अनुमान गरिएको छ ।

घटनालगत्तै त्यहाँ सुरक्षाकर्मीको ठूलो फौज तैनाथ गरिएको र लुटेराहरू गाउँबाट भागेको नाइजेरियाका सरकारी अधिकारीले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!