आफन्तले नै यसरी पक्राउ गराएका थिए गोरेलाई
काठमाडौं, ९ जेठ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।
एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरूले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।
यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
केही दिनअघि भारतको सिलगुढ...






























