- बिनोद बिष्ट/संगालोखबर

काठमाण्डौं, २६ चैत । नेकपा एमाले धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चको आयोजनामा राजधानीमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौंको चोभारमा भएको बनभोजमा करिव ४ सय भन्दा बढी सहभागि थिए ।

Advertisement

बनभोज कार्यक्रमकै अवसर पारेर धनकुटा–काठमाण्डौं सम्पर्क मञ्चको भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ । सोहि अवसरमा धनकुटाका मृगौलापीडित चुडामणी पुलामीको उपचारार्थ आर्थिक सहयोग पनि गरिएको सम्पर्क मञ्चका अध्यक्ष तिलक कार्कीले संगालोखबरलाई जानकारी दिए ।

सोहि अवसरमा भएको साँस्कृतिक कार्यक्रममा श्रम तथा रोजगार मन्त्री एवं एमाले सचिव गोकर्ण बिष्टलगायत पनि नाचेका थिए ।

मन्त्री बिष्टसँगै एमाले केन्द्रिय सदस्य एवं प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरे, एमाले केन्द्रिय सदस्य तथा सांसद रामकुमारी झाँक्री, प्रतिनिधिसभा सदस्य राजेन्द्र राई लगायत पनि नाचेर बनभोजलाई थप रौनकता प्रदान गरेका थिए ।

भिडियो हेर्नुहोस्…

थप तस्वीरहरु

तस्वीरहरु: बिनोद बिष्ट/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!