नेपालगन्ज, ६ चैत । नेपालगन्जको न्यूरोडको वरिपरि यौन व्यवसाय सञ्चालन भैरहेको भन्दै प्रहरीलाई स्थानीयबासीले उजुरी दिएलगत्तै बाँके प्रहरी हरकतमा आएको छ ।

Advertisement

साँझ सिभिल प्रहरीको एउटा टोलीले बौद्ध गुम्बा वरिपरिका झोपडपट्टी होटलहरुमा छापा मारी एक जोडीलाई रंगेहात पक्राउ गरेको हो ।

जोडीसँगै यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा होटल सञ्चालक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘कयौं दिनदेखि खुलेआम यौन धन्दा चलिरहँदा प्रहरी मौन थियो’, एक स्थानीयबासीले भने, ‘जिल्ला प्रहरी प्रमुखलाई लिखित उजुरी दिए लगत्तै रेस्पोन्स भएको छ ।

‘खुलेआम सडक छेउ बसेका महिलाहरु अबेर रातीसम्म आवागमन गर्नेहरुलाई यौन व्यवसायका लागि उत्प्रेरित गर्ने गरेका थिए ।

आइतबार प्रहरीले तीन ठाउँमा छापा मार्दा एउटा होटलमा यौन कार्य गरिरहेको अवस्थामा जोडीलाई रंगेहात फेला पारेपछि यौन व्यवसाय चलिरहेको खुलासा भएको प्रहरी स्रोतले जनाएको छ ।

होटल सञ्चालक र यौन कार्यमा संलग्न सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङले स्थानीयको उजुरी आउनासाथ सादा पोशाकका प्रहरी टोली त्यसतर्फ खटाएको प्रहरी स्रोतले जनाएको छ ।

बौद्ध गुम्बा र सँगै जोडिएको मन्दिर छेउ कोही नभएको मौका पारी अबेर रातीसम्म यौन क्रिडा हुन थालेपछि स्थानीयबासी अझ बढी चिन्तित भएका थिए ।

‘होटल भित्र मात्रै होइन बाहिर पनि खुलेआम विकृति बढेपछि हाम्रो अग्रसरता बाध्यात्मक भएको हो’, स्थानीयबासीले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!