गाईघाट, उदयपुर, २२ फागुन । अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ ।

कटारी नगरपालिकाकाअनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्था, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

नौ कठ्ठा जग्गामा रहेका आठवटा भवन हाल प्रयोगविहीन अवस्थामा छन् । केन्द्रका भवनमा स्थानीयवासीले गाईवस्तु बाँध्ने र सुंगुर राख्ने खोरको रुपमा प्रयोग गर्दैआएका छन् । उक्त केन्द्र प्रयोगमा आएपछि कटारी क्षेत्रमा तरकारी भण्डारण गर्न सकिनेछ ।
दमकल सञ्चालनमा

कटारी नगरपालिकाले दमकल सेवा सञ्चालन गरेको छ । नगरपालिकाले छ महिना अघि दमकल खरिद गरेको हो । नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यस अघि कटारी क्षेत्रमा आगलागी हुँदा लाहानबाट दमकल बगाउनुपर्ने अवस्था थियो ।

जिल्लाका त्रियुगा र चौदण्डी नगरपालिकाले यस अघिनै दमकल सेवा सञ्चालन गरिसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!