संगालोखबर संवाददाता

काठमाडौं, १५ फागुन । स्वास्थ्य संस्थाहरुको लापरबाहीको एकपछि अर्को घटना बाहिरिरहेका बेला गर्भवतीलाई जुकाको औषधि दिइएको अर्को घटना बाहिरिएको छ । कान्तिपुर दैनिकका अनुसार म्याग्दी जिल्ला अस्पतालले बेनी ५ फर्कुे सल्लाकी २० वर्षीया समीक्षा कुँबरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ ।

Advertisement

अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याबलेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आइरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।

अस्पतालले आरोपी नर्सलाई विभागीय कारबाही गरी गर्भवतीलाई सुत्केरी नहुँदासम्म चिकित्सकको निगरानीमा राख्ने, जिल्लामा सुत्केरी हुन नसक्ने अवस्था भए पोखरा पुर्‍याउने र जन्मेपछि बच्चाको नियमित अनुगमन गर्ने लिखित प्रतिबद्धता जनाएको छ । गर्भवतीका आफन्तले अहिले आमा र गर्भको अवस्था सामान्य देखिए पनि जन्मेपछि बच्चालाई हुन सक्ने अपांगताको जोखिमलाई लिएर चिन्तित रहेको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement