उच्च बाँध अध्ययनमै सीमित

उच्च बाँध अध्ययनमै सीमित

धरान,१२ फागुन। सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको अध्ययन सुरु भएको १३ वर्षमा करोडौँ रुपैयाँ सकिइसकेको छ । तर, अध्ययन अझै सकिएको छैन । गत साउनमा अध्ययनका लागि साढे दुई वर्ष समय थप गरिएको छ । आयोजना अध्ययनका लागि भारतले विराटनगरमा कार्यालय खोलेको छ । आयोजनाको डिपिआर तयार गर्न उसले एक करोड दिएको छ । कार्यालयमा खटाइएका आफ्ना १० कर्मचारीका लागि भारतले मासिक ५० लाख खर्च गर्दै आएको छ । अहिलेसम्...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा, झापा, ११ फागुन। झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्र...
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

इलाम, ११ फागुन । इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ । नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् । सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको ...
महाधिवेशन नभएसम्म नयाँ पार्टीको अध्यक्षता आलोपालो गर्ने: अध्यक्ष दाहाल

महाधिवेशन नभएसम्म नयाँ पार्टीको अध्यक्षता आलोपालो गर्ने: अध्यक्ष दाहाल

रत्ननगर, चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै कानूनी रुपमा निर्वाचन आयोगमा दर्ता गरेपछि भन्न मिल्ने उल्लेख गर्नुभयो । ...
प्रमद्वारा कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण

प्रमद्वारा कीर्तिपुरस्थित पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौँ, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित चम्पादेवीमा पुगेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथलगत्तै प्रधानमन्त्री ओलीले शहीद उद्यान, लैनचौरमा पुगी शहीदप्रति पुष्पगुच्छा अर्पण गरेपछि पार्...
धनकुटामा यसरी मनाईयो महाशिवरात्री (फोटो फिचरसहित)

धनकुटामा यसरी मनाईयो महाशिवरात्री (फोटो फिचरसहित)

धनकुटा, १ फागुन । महाशिवरात्रीको अवसरमा धनकुटाका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा विशेष कार्यक्रम गरिएको छ । धनकुटा–७ त्रिवेणी चौकमा रहेको नर्वदेश्वर शिवमन्दिरमा महाशिवरात्री रघुरुत्री तथा लाख वत्ति वालिएको छ । नर्वदेश्वर शिव मन्दिर सञ्चालक समितिको आयोजनामा कार्यक्रम गरिएको हो । यसैगरी ज्येष्ठ नागरिक जिल्ला सघं र विभिन्न उपसमितिको आयोजनामा धनकुटा–५ स्थित तल्लो गोकुण्डेश्वर माविमा रहेको मन्दिर...
डोलेश्वर, आशापुरी र कैलाशनाथमा दर्शनार्थीको भीड

डोलेश्वर, आशापुरी र कैलाशनाथमा दर्शनार्थीको भीड

भक्तपुर, १ फागुन ।  महाशिवरात्रि पर्वका अवसरमा आज यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ । लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको समितिका वरिष्ठ...
२०७४ माघ २८ गते आइतबारको राशिफल

२०७४ माघ २८ गते आइतबारको राशिफल

वि.सं. २०७४ साल माघ २८ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ११ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– दशमी, १६स्३२ बजेउप्रान्त एकादशी। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।...
नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि शुरू

नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि शुरू

काठमाडौँ, २६ माघ । नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले चौथो नेपाल बिल्डकन र उड अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ आजदेखि शुरू भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फ््युचर ट्रेड फियर एण्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित सो प्रदर्शनी आइतबारसम्म चल्ने छ । भृकुटीमण्डपमा आयोजना गरिएको प्रदर्शनीमा विभिन्न देशका २२० भन्दा बढी निर्माण कम्पनी, डिलर, स...
चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न, विद्युत् उत्पादन शुरु

चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न, विद्युत् उत्पादन शुरु

दार्चुला, २६ माघ ।  सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जो...
बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

बङ्लादेशका पुर्वप्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका, २५ माघ ।  बङ्लादेशकी पुर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले उहाँलाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो । कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् । अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश ...
जैसीदेवलको पुनःनिर्माण अपारदर्शी भएको गुनासो

जैसीदेवलको पुनःनिर्माण अपारदर्शी भएको गुनासो

काठमाडौँ, २५ माघ ।  विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण अपारदर्शी रुपमा शुरु गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखिएको काठमाडौँ महान...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं, १२ पुस । आज सुनको भाउ रु ३०० सयले बढेको छ । मंगलबार तोलामा ५५ हजारमा कारोबार भएको छापावाला सुन आज ५५ हजार ३०० सय मा कारोबार भईरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने तोलाको ५५ हजार रहेको छ ।  मंगलबार तेजावी सुनको मुल्य ५४ हजार ७ सय रहेको थियो ।  यस्तै आज चादी तोलामा ७ सय ३५ मा कारोबार भइरहेको छ ।
२०७४ मंसिर २२ गते शुक्रबारको राशिफल

२०७४ मंसिर २२ गते शुक्रबारको राशिफल

वि.सं. २०७४ साल मंसिर २२ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर ८ तारिख। नेपाल संवत् ११३८ थिंलागा। पौष कृष्णपक्ष। तिथि– पञ्चमी, १०:५१ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ...
उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुरः बढ्यो युद्धको सम्भावना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सलाहकार एचआर म्याकमास्टरले उत्रर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेको वेला ट्रम्पका सल्लाहकारको सो अभिब्यक्ति आएको हो । युद्धको सभ्वाना बढ्यो : उत्तर कोरियासंग युद्धको सम्भावना निदहुँ बढेको उनले बताए । उत्तर कोरियासंग सम्भाब्य युद्ध सैन्य द्धन्द्ध मात्र यसको समा...
रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

रुखमा छाप लगाएका ५० मतपत्रसहित अधिकृत पक्राउ

नुवाकोट, ११ मंसिर । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन भनी खटिएका कर्मचारी र मतदान अधिकृत नै छाप लगाएका मतपत्रसहित भेटिएका छन् । नुवाकोट जिल्लाको क्षेत्र नं. २ स्थित ताराकेश्वर गाउँपालिका वडा नं. २ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित समातिएका हुन् । मतदान करिब करिब सकिन लाग्दा साँझ रुखमा छाप लगाएर तयार गरिएको मतपत्र मतप...
महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए

महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए

महोत्तरी, ९ मंसिर । निर्वाचनको समयमा विभिन्न स्थानमा निर्वाचन बिरोधी कृयाकलाप हुन थालेपछि प्रशासनले उच्च सर्तकता अपनाएको जनाएको छ । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावलाई मध्येनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी प्रहरीले शान्ति सुरक्षा खलबलिन नदिन भन्दै हातहतियार संकलन कार्य तीव्र बनाएको छ । हातहतियार र खुल्ला सिमानासँगै निर्वाचनमा स...
तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश

तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार एमालेमा प्रवेश

बिराटनगर, ३ मंसिर । चर्चित उद्योगी तुल्सीराम अग्रवाल अपहरण काण्डका योजनाकार उमेश गिरीलाई एमाले अध्यक्ष केपी ओलीले फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन् । नेपाली कांग्रेसको संरक्षणमा अपहरण, फिरौती काण्ड एवं बुथ कब्जा लगायतका क्रियाकलापमा विवादित गिरीलाई एमाले अध्यक्ष ओलीले सोमबार बिराटनगरमा आयोजित एक कार्यक्रममा टीका र माला लगाएका हुन् । उमेश गिरीसँगै पूर्वगृहराज्यमन्त्री भीमलाल राजवंशी पनि ...
आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज

आज बाला चतुर्दशी यसरी छरियो पशुपतिमा शतविज

काठमाडौ, १ मंसिर । आज बाला चतुर्दर्शी । अर्थात शतवीज छर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले मंसिरको कृष्ण पक्षको चतुर्दर्शीलाई विशेष रुपमा लिने गर्दछन् । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राती महादिप बाली जाग्राम बसी चतुर्दर्शीको बिहान शतवीज छर्ने चलन छ । महादीप बाल्नाले मृत्युवरण गरेकाको असन्तुष्ट आत्मा भए प्रकाशित भई सद्गति हुने मान्यता छ । त्यस्तै शिवालयमा शतवीज छर्ना...
आमाछोराको भिरबाट लडेर मृत्यु

आमाछोराको भिरबाट लडेर मृत्यु

जाजरकोट, ३० कात्तिक ।  जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ । जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका...
सरकारलाई केपी ओलीको प्रश्नः सत्ता पक्षलाई मात्र किन सुरक्षा ?

सरकारलाई केपी ओलीको प्रश्नः सत्ता पक्षलाई मात्र किन सुरक्षा ?

काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाएका छन् । उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताए । मंगलबार भोजपुरमा बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पार्टीको मागका बाब...
सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

सिस्नु, ढिँडो र कोदोको रोटीका भरमा उम्मेदवार

गुल्मी, २४ कात्तिक । कार्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी प्रचारमा हिँडेदेखि नै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य उमेदवार प्रदीपकुमार ज्ञवाली र सोही क्षेत्र प्रदेश ‘क’ का उमेदवार सुदर्शन वरालको साधारण जीवनशैली देखेर मतदता र उनिहरुसँगै खटिएका कार्यकर्ताहरु छक्क परेका छन् । नेता ज्ञवाली र बरालको चुनावी यात्राका क्रममा वलेटक्सार, वम्घा हुँदै हर्मिचौर अर्वेनी, पर्तिघाट, खड्गकोट , पार...
६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु

६१ करोड हिनामिना गर्ने कोशी अञ्चल यातायात कार्यालयका लेखापालमाथि अनुसन्धान सुरु

इटहरी, २४ कात्तिक । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय इटहरीमा रहँदा करोडौँ रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका लेखापाल सुरेश अधिकारीमाथि अख्तियारद्वारा अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले फरार रहेको अवस्थामा उनलाई काठमाडौँबाट गत आइतबार पक्राउ गरेको थियो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्म...
तेह्रथुममा सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या

तेह्रथुममा सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या

तेह्रथुम, १५ कात्तिक । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल गए । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हुँदैन भनिदिए । उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गरे । अन्ततः स्वास्थ्यकर्मीको निकै लाम...
प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

प्रदेश २ मा सिट बाँडफाँड, माओवादीलाई १५ र एमालेलाई १३

काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएको माओवादी नेता मातृका यादवले अनलाइनखबरलाई जानकारी दिए । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् । वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १...
चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ

चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ

काठमाडौं, १२ कात्तिक । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेस (महासभा) चल्दै गर्दा क्युबाली कम्युनिस्ट पार्टीले प्रतिक्रिया दिएको थियो, ‘राष्ट्रपति सी जिनपिङ विकासको नौलो अभ्यास गर्दैछन् र यो साँच्चै स्तुत्य छ ।’ आगामी केही दशकका लागि चिनियाँ मोडेलको विकासले संसारलाई ‘सरप्राइज’ दिने क्युबाली कम्युनिस्ट नेता जोसे रामोन बलागुरकै भनाइ चरितार्थ गरे, राष्ट्रपति सीले । संसारलाई चकित पार्दै उनले कम...
ओखलढुंगामा चट्याङ पर्दा एकैघरका तीन जना घाईते

ओखलढुंगामा चट्याङ पर्दा एकैघरका तीन जना घाईते

खोटाङ, १२ कात्तिक । चट्याङ पर्दा ओखलढुंगामा एकैघरका तीन जना घाईते भएका छन्। पानीसँगै परेको चट्याङ लागेर चिसंखुगढी गाउँपालिका–४ का ६५ वर्षीय बुद्धीबहादुर बिश्वकर्मा, उनका ३४ वर्षीय बुहारी कृष्णलक्ष्मी बिश्वकर्मा र १० वर्षका नाती कुशल बिश्वकर्मा घाईते भएका हुन्। शनिबार परेको चट्याङले बिश्वकर्मा परिवारको एउटा भैंसी मरेको प्रहरीले जनाएको छ। चट्याङले घरमा समेत क्षती पुगेको छ।
झापामा कर्फ्युको समयमा प्रदर्शन भएपछि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु

झापामा कर्फ्युको समयमा प्रदर्शन भएपछि प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु

बिर्तामोड, १० कात्तिक । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । घाईते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का ३२ बर्षिय नवराज (राजेश) थापाको मृत्यु ...
‘कान्छी बुहारी’को ननभेज भान्सा

‘कान्छी बुहारी’को ननभेज भान्सा

काठमाडौं, २७ असोज । ‘मासु त कान्छी बुहारीले पकाएकै मिठो’ परिवारका सदस्यले जिस्क्याउँछन् । त्यसपछि उनी किचेनमा छिर्न हौसिन्छन् । हिन्दी चलचित्र ‘बर्फी’मा नायक रणवीर कपुर र प्रियंका चोपडासँगै अर्का कलाकार पनि चर्चामा आएका थिए । उनी नेपाली नागरिक थिए । र, उनी उनै कान्छी बुहारी अर्थात् कलाकार भोलाराज सापकोटा थिए । सापकोटाको कला यात्रा त धेरैलाई थाहा भएकै विषय हो, उनको पाककलाको सेक्रेट थाहा नपाउने...
बाबुरामले गोरखा २ नछाड्ने, १५ सीट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी

बाबुरामले गोरखा २ नछाड्ने, १५ सीट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी

काठमाडौं,२५ असोज । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका छन् । एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले रोक्न खोजेपछि सिट बाँडफाँड गर्न गठित ईश्वर पोखरेल नेतृत्वको त्रिपक्षीय कार्यदलमा समस्या भएको छ । बाबुरामल...
डा. केसीको माग सम्बोधन गर्न सरकार तयार ! बल माओवादी र एमालेको कोर्टमा

डा. केसीको माग सम्बोधन गर्न सरकार तयार ! बल माओवादी र एमालेको कोर्टमा

काठमाडौं,२५ असोज ।आमरण अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार तयार देखिएको छ । तर, संसदमा विचाराधीन चिकित्सा शिक्षा विधयेक पास गर्ने/नगर्ने विषय भने सरकारको नभएर एमाले र माओवादी केन्द्रको कोर्टमा रहेको सरकारी पक्षको तर्क छ । डा. केसी सात दिनदेखि आमरण अनसनमा छन् । उनले आफ्नो सुझाव र माथेमा कार्यदलको मर्मअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने माग गरेका छन् । काठमाडौं उपत्यकामा १०...
error: Content is protected !!