नरेन्द्र कश्चित

धनकुटा, १४ चैत । नेपाल ट्रेड युनियन कांग्रेस धनकुटाको आज सम्पन्न जिल्ला अधिवेशनबाट विगेन्द्र याक्खा पुनः अध्यक्षमा निर्वाचित भएका छन् । अधिवेशनले याखाको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नेपाल चलचित्र संघवाट पूर्ण कुमार चौधरी, नेपाल प्रेस युनियनबाट विनोद घिमिरे, सेवा क्षेत्रवाट कुल प्रसाद दाहाल, गृह श्रमिकबाट देविका वराल र कृषि क्षेत्रबाट दामोदर दाहाल सर्वसम्मत चयन भएका छन् ।

Advertisement

समितिको सचिवमा झमक कटुवाल, सह–सचिवमा दिक्षा आचार्य, तुलसी थापा र कोषाध्यक्षमा जीवनाथ ढुंगाना सर्वसम्मत चयन भएको नेपाल ट्रेड युनियन कांग्रेसले जनाएको छ । त्यस्तैगरी प्रदेश प्रतिनिधिमा गुरु प्रसाद काफ्ले, रेणु श्रेष्ठ, थिरेन्द्र वहादुर लिम्वु, रुकमान तामाङ र कविराज घिमिरे सर्वसम्मत चयन भएका छन् । त्यस्तै संघीय प्रतिनिधिमा विजय सन्तोषी राई र राम कुमारी भण्डारी सर्वसम्मत चयन भए ।

‘श्रमको सम्मान गरौं, श्रमशक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नाराका साथ बिभिन्न क्षेत्रमा आवद्ध श्रमिकहरुको उपस्थितिमा भएको जिल्ला अधिवेशनले नयाँ समिति गठन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!