पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

पौडेल, श्रेष्ठ र लामिछानेले लिए उपप्रधानमन्त्रीको सपथ

विराटनगर । नवनियुक्त तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् । पौडेल उपप्रधानसहित अर्थ, लामिछानेले उपप्रधानसहित गृह र श्रेष्ठले उपप्रधानसहि...
प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहण

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह्र शीतल निवासमा उनले सपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् । सोमबार नै उप–प्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

प्रदेश १ का नवनिर्वाचित सांसदहरूले गरे शपथ ग्रहण

विराटनगर । प्रदेश नम्बर १ प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार दिउँसो प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । ७९ वर्षका मण्डललाई सोमबार दिउँसो प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए । प्रदेश १ मा नेकपा एमालेका ४० जना, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका...
तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार साँझ दाहाललाई मुलुकको ४४ औं प्रधानमन्त्रीका रुपमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमाल...
एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

एमालेसहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने

काठमाडौँ । नेकपा एमालेसहितका दलहरुको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास वालकोटमा भएको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति गरेको हो । दाहाललाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपासहितका दलले समर्थन गर्ने भएका छन् । १६६ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँने सहमति जुटेको ब...
राष्ट्रिय राजनीतिले नयाँ मोड लिदैं, सरकार बनाउँन प्रचण्ड–रविसहितको बैठक ओली निवासमा

राष्ट्रिय राजनीतिले नयाँ मोड लिदैं, सरकार बनाउँन प्रचण्ड–रविसहितको बैठक ओली निवासमा

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद दावी गरेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रसहितका चार दलको बैठक अहिले एमालेका अध्यक्ष केपी ओली निवास वालकोटमा जारी छ । बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतक...
गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सक्छौँ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सक्छौँ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको गठबन्धन टुटेमा कांग्रेससँग मिलेर पनि सरकार बनाउँन सकिने संकेत गरेका छन् । प्रेस चौतारी धनकुटाले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने उनको भनाई छ । तर, गठबन्धन छोडेर कांग्रेसले एमालेलाई सरकार बनाउँन प्रस्ताव गर...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

विराटनगर । प्रतिनिधिसभामा नव निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार नव निर्वाचित सदस्यहरूलाई जेष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुन बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । सांसदहरु शपथ ग्रहण समारोहमा सहभागी हुँदा राष्ट्...
कांग्रेस संसदीय दलको नेता बन्न सभापति र महामन्त्रीको प्रतिस्पर्धा

कांग्रेस संसदीय दलको नेता बन्न सभापति र महामन्त्रीको प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् । देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् भने उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । त्यस्तै थापाको प्रस्तावकमा का...
इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान माग गर्दै खनालले हाले सर्वोच्चमा रिट

काठमाडौं । इलाम–१ को निर्वाचन बदर गरी पुनः मतदान गर्न माग गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । नेकपा एसको तर्फबाट सो क्षेत्रमा उम्मेदवारसमेत रहेका नेता खनाल पुनः मतदान माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् । धाँधली गरेर आफूलाई हराइएको भन्दै खनालले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको...
आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

आज प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, देशभर सुरु भयो मतदान

धनकुटा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । ७७ वटै जिल्लामा गरी कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदानका लागि १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकिएको छ । मतदानमा सहजिकरणका लागि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटाइएको छ । निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर...
धनकुटाका मतदाताको घरघर पुग्दै एमाले उम्मेद्वार निरन राई, ठाउँ-ठाउँमा भव्य स्वागत

धनकुटाका मतदाताको घरघर पुग्दै एमाले उम्मेद्वार निरन राई, ठाउँ-ठाउँमा भव्य स्वागत

धनकुटा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू अहिले चुनावी अभियानमा व्यस्त छन् । नेकपा एमालेका तर्फबाट धनकुटा क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्यका उम्मेद्वार निरन राई पनि घरदैलो, सभा र मतदाता भेटघाटमा व्यस्त छन् । निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका राई अहिले चौबिसे गाउँपालिकाका विभिन्न वडामा घुमिरहेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईसहितको टोलीसँग साँ...
कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा 

कांग्रेसभित्र आन्तरिक समस्या छैन, सबै नेता कार्यकर्ता चुनावमा जुटौं: नेता डा.शर्मा 

मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा.सुनिल शर्माले पार्टीभित्र आन्तरिक समस्या नरहेको बताएका छन् । चुनावी अभियानमा जुटेका नेता डा.शर्माले आइतवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने नेता शर्माको तर्क छ । ‘पार्टीले आधिकारिक उमेद्वार बनाए...
आफ्ना उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

आफ्ना उम्मेदवारलाई चुनाव लड्न कांग्रेसले दियो पैसा

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूलाई चुनाव लड्न पैसा दिएको छ । टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको हो । मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका थिए । प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख रूपैयाँका दरले पार्टीले चुनावी खर्च दिएको हो । त्यस्तै प्रदेश सभातर्फ उम्मेदवारका लागि भने दुई लाख रू...
एमालेको घोषणापत्र: ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’, नागरिकता नेपालीलाई मात्र

एमालेको घोषणापत्र: ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’, नागरिकता नेपालीलाई मात्र

काठमाडौं । नेकपा एमालेले नागरिकता नेपालीलाई मात्र प्रदान गरिने बताएको छ । एमालेले सोमबार घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेको एक महिनाभित्र वंशजका आधार नागरिकता दिने बताएको हो । एमालेले ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेले बताएको छ । त्यस्तै नेकपा एमालेले ‘सुरक्षित छाना, पुग्छ सबैको चाहना’ कार्यक...
गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कति सहज?

मोरङ । मोरङका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक यहाँका मतदाताले रोचक ढङ्गले नियालिरहेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छोरी सुजाता कोइराला सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार छिन्। यो क्षेत्रमा स्वतन्त्र ३ जनासहित १३ जना चुनावी मैदानमा छन्। तीमध्ये कोइराला र नेकपा एमालेका ऋषिकेश पोखरेललाई मुख्य प्रतिस्पर्धी ठानिए...
धनकुटामा तीन जनाले लिए उम्मेद्वारी फिर्ता, तीन पदका लागि १८ उम्मेद्वार भिड्दै

धनकुटामा तीन जनाले लिए उम्मेद्वारी फिर्ता, तीन पदका लागि १८ उम्मेद्वार भिड्दै

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा उम्मेद्वारी दिएका २१ मध्ये ३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका दुई र प्रदेश सभा क्षेत्र नं.१ मा उम्मेद्वारी दिएका एक जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका राप्रपा नेपालका अमुल राई र स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका गंगा...
धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

धनकुटामा दुई प्रदेश सभा सदस्यका लागि १२ उम्मेद्वार चुनावी मैदानमा

धनकुटा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि धनकुटाबाट १२ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ बाट पाँच र निर्वाचन क्षेत्र नं.२ बाट सात जनाले उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् । प्रदेश निर्वाचन क्षेत्र नं.१ मा नेकपा एमालेका जिल्ला सचिव एवं निवर्तमान प्रदेश सभा सदस्य निरन राईले उम्मेद्वारी दिएका छन् । उनी २०७४ सालको निर्वाचनमा सोही क...
चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन्: सांसद मोदी

विराटनगर । प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् । नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ ...
रबिन्द्र मिश्र राप्रपा प्रवेश

रबिन्द्र मिश्र राप्रपा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसह...
धनकुटामा माओवादीका नेताहरूले दिए सामूहिक राजीनामा, भण्डारी स्वतन्त्र उम्मेद्वार बन्ने

धनकुटामा माओवादीका नेताहरूले दिए सामूहिक राजीनामा, भण्डारी स्वतन्त्र उम्मेद्वार बन्ने

धनकुटा । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भण्डारी, प्रदेश कमिटी सहसचिव ऋषिराम ढुंगाना, जिल्ला संयोजक डिल्लीराम राईसहितका नेताहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । नेताहरूले आज सामूहिक पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । जिल्लास्थित पोलिटब...