सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा सर्वोच्च अदालतले माघ १३ गते सांसद पद खारेज गर...
रवि लामिछानेको सांसद् पद खारेज

रवि लामिछानेको सांसद् पद खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो...
प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइयो

प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइयो

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि आव्हान गरिएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै माघ २३ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको हो । गत पुस ३० गते अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेश १ को नयाँ सरकार बनिसकेको छ । त्यस्तै अब प्रदेशसभाले विभिन्न ७ वटा विषयगत समिति निर्माण गर्नुपर्ने छ ।
थोरै बोल्ने र धेरै काम गर्ने योजनामा छु : मन्त्री राजेन्द्र राई

थोरै बोल्ने र धेरै काम गर्ने योजनामा छु : मन्त्री राजेन्द्र राई

धनकुटा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले आफू अहिले थोरै बोल्ने तर, धेरै काम गर्ने योजनामा रहेको बताएका छन् । गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राईलाई आज नेकपा एमाले छथर जोरपाटी गाउँपालिका कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् । पुरा नहुने गरी धेरै आश्वासन बाढ्ने भन्दा पनि जनताको चाहना अनरुप थोरै ब...
प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री दाहाल

प्रदेशका मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन् । आज बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोही अनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको बताएका हुन् । प्रदेशका संरचना बढी हुँदा प्रशासनिक खर्च बढेको, व...
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनकुटा आइपुगे राई, बधाई दिनेको ओइरो

मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनकुटा आइपुगे राई, बधाई दिनेको ओइरो

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राई धनकुटा आइपुगेका छन् । मन्त्री बनेपछि राई पहिलो पटक गृह जिल्ला आइपुगेका हुन् ।  एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्रीसहित केही मन्त्रीलाई सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । दलहरूबीच मन्त्रालय भागबन्डा टुङ्गिएपछि गत मं...
एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित

काठमाडौं । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन् । उनले १६७ मत पाए भने कांग्रेसकी न्यौपानेले १०० मत पाइन् । प्रतिनिधिसभाका २७५ सांसद मध्ये २६८ जना मतदानमा सहभागी थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेल...
झापाका घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

झापाका घिमिरेलाई एमालेले बनायो सभामुखको उम्मेदवार

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई एमालेले सर्वसम्मत उम्मेदवार बनाएको हो । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । सोही अनुसार घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।
धनकुटाका राजेन्द्र राईले पाए भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी

धनकुटाका राजेन्द्र राईले पाए भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी

काठमाडौं । नवनियुक्त मन्त्री राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । दलहरुबीच मन्त्रालय बाँडफाँडका क्रममा एमालेको भागमा परेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा मन्त्री राईलाई दिन लागिएको हो । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा बिजयी भएका एमाले केन्द्रिय सदस्य राई गत पुस ११ गते मन्त्री नियुक्त भएका हुन् । सोही दिन उनीसहितक...
भोजपुरका सुदन किराँती पर्यटन मन्त्री बन्ने

भोजपुरका सुदन किराँती पर्यटन मन्त्री बन्ने

भोजपुर । माओवादी केन्द्रका नेता सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बन्ने भएका छन् । मन्त्रालय भागबन्डामा माओवादीको भागमा परेको पर्यटन मन्त्रालयको जिम्मा पार्टीले नेता किराँतीलाई दिने भएको हो । किरातीले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको सामाजिक सञ्जाल मार्फत खुलाएका छन् । भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित किराँती मन्त्री बन्ने चर्चा यसअघि नै चलेको भएपनि उनले...
प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबैले दिए प्रधानमन्त्रीलाई विश्वासको मत

काठमाडौं । प्रतिनिधि सभा बैठकमा उपस्थित दुई बाहेक सबै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका छन् । विश्वासको मत प्रस्तावको पक्षमा २६८ सांसदले मतदान गरेका हुन् । २७५ प्रतिनिधि सभा सदस्य मध्ये बैठकमा २७० जना उपस्थित थिए । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बाहेक सबैले विस्वासको मत दिएका हुन् । प्रधानमन्त्री दा...
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्...
एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै, ६० सांसदको समर्थन

एमाले नेता कार्की प्रदेश १ को मुख्यमन्त्री बन्दै, ६० सांसदको समर्थन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । ९३ प्रदेश सभा सदस्य रहेको प्रदेश १ का ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नेता कार्कीले दाबी पेश गरेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएका थिए । समय सिमा सकिनु अगावै कार्कीले झण्डै दुई तिहाइ सांसदको समर्थनमा दाव...
प्रदेश १ः आज प्रदेश सभाको पहिला बैठक

प्रदेश १ः आज प्रदेश सभाको पहिला बैठक

विराटनगर । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आज बस्ने भएको छ । पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् । बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । त्यस्तै प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अङ्गीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुनेछ...
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा कांग्रेस प्रदेश १ सभापति उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएको निर्वाचनमा १८ मतसहित थापा निर्वाचित भएका हुन् । दलको नेताका उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे भने अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । दलको नेतामा विजयी थापा कृष्णप्रसाद सिटौला प्यानलका हुन् । कार्की शेखर कोइराला टिमबाट उम्मेदवार बनेका थ...
प्रदेश १ कांग्रेस संसदीय दलमा तीन जनाको उम्मेदवारी

प्रदेश १ कांग्रेस संसदीय दलमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षका देउवा पक्षीय नेता अमृत अर्याल र सिटौला पक्षका नेता उद्धव थापाले उम्मेदवारी दर्ता गराउँदा संस्थापनइतर पक्षबाट केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् । संस्थापन पक्षले एक जना मात्रै उम्मेदवार बनाउ...
प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो । नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने बताइएको छ । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरिएको छ । पार्टी सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादु...
प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

प्रदेश १ माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

विराटनगर । प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको नेतामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो चयन भएका हुन् । मंगलबार बसेको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । आङ्बो पाँचथर १ (ख) बाट निर्वाचित भएका हुन् । प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ ।
प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

प्रदेश १ प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

विराटनगर । प्रदेश नम्बर १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गरेका छन् ।प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिउँसो १ बजेका लागि आह्वान गरिएको हो । प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरेका हुन् ।
प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

प्रदेश १ : नेपाली कांग्रेस संसदीय दलको नेता छान्न पुस १५ मा निर्वाचन

विराटनगर । प्रदेश नम्बर १ मा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि पुस १५ गते मतदान हुने भएको छ । प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १५ गते बिहान ९ बजेदेखि १० बजेसम्म मतदान समय तोकिएको छ । पुस १४ गते बिहान ९ बजे मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका छ । पुस १४ गते १२ः३० देखि १ः३० सम्म उम्मेदवारी दर्ता गरिने र सोही दिन अपरान्ह ४ बजेसम्म उम्मेद्वारक...
धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटाका राजेन्द्र राईले लिए मन्त्रीको सपथ

धनकुटा । नवनियुक्त मन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सपथ ग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधान र राईसहित चार मन्त्रीलाई सपथ ग्रहण गराएकी हुन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सपथ ग्रहण गरेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भ...