संगालोखबर संवाददाता

तेह्रथुम, २५ माघ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो मानिने ह्यात्रुङ्ग झरना ओझेलमा परेको छ । प्रचारप्रसार र उचित व्यवस्थापनको अभावमा भरना ओझेलमा परेको हो ।

इसिवु र सम्दु गाविसको सिमानामा रहेको ३ सय ६५ मिटर अग्लो उक्त झरना दक्षिण एसियाकै अग्गो मानिन्छ ।

Advertisement

निजी तथा सरकारी स्तरबाट कुनै प्रचारप्रसार नभएकाले पर्यटकीय महत्व बोकेको ह्यात्रुङ झरना ओझेलमा परेको ईसिवु माविका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाले बताए ।

झरनासम्म आवतजावतका लागि पक्की सडकको निर्माण र झरनाको संरक्षण तथा विकासका लागि छुट्टै कार्यक्रम सरकारले ल्याउनुपर्ने स्थानीयको भनाई छ ।

सदरमुकाम म्याङलुङ्गबाट ५ घण्टाको पैदल दुरीमा रहेको उक्त झरनाको बीचबीचमा प्रत्येक दिनजसो सप्तरंगी इन्द्रेणीको दृश्य देखिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!