- देवकला कार्की

धनकुटा । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले स्वास्थ्य संस्थावाट निःशुल्क वितरण गरिने औषधीको अभाव नभएको जनाएको छ । मंगलवार जिल्ला स्वास्थय कार्यालय धनकुटाले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार जिल्लाका स्वास्थ्य संस्थाहरुवाट निःशुल्क रुपमा वितरण गरिने औषधीको अभाव नभएको जानकारी दिएको हो ।

सर्वसाधारण नागरिकलाई निःशुल्क रुपमा वितरण गरिने ७० प्रकारका औषधीको अभाव जिल्लामा नभएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले वताए । जिल्ला अस्पतालवाट ७० प्रकार कै औषधि वितरण हुने गरेको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्रवाट ५८, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य ईकाईवाट ३५ प्रकारका औषधी निःशुल्क वितरण गर्ने गरिएको छ ।

Advertisement
नमुना तस्वीर

चालु आर्थिक वर्षको दोश्रो चौमासिकका लागी आवश्यक पर्ने औषधी जिल्लाका सवै स्वास्थ्य संस्थामा पु¥याई सकिएको छ । औषधी अपुग हुन नदिन जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले खरिद गर्न पाउने प्रावधान अनुसार दोश्रो चौमासिकका लागी ४५ प्रकारका औषधी खरिद गरि सकिएको जनस्वास्थ्य प्रमुख उपाध्यायले वताए । विगत तिन वर्षको औषधीको माग र वितरणको अवस्थालाई विश्लेषण गरेर अपुग हुन नदिन ४५ प्रकारका औषधी खरिद गरिएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

जिल्लामा वढि मात्रामा पारासिटामोल, कोट्रिम, एमोक्सिलिङ्ग लगायतका औषधी खपत हुने गरेका छन । धनकुटामा एउटा जिल्ला अस्पतालसहित दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३५ वटा स्वास्थ्य चौकी, तिन वटा शहरी स्वास्थ्य क्लिनिक र ६ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!