- संगालोखबर संवाददाता

धनकुटा, २२ माघ । पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा शनिवार देशभर कार्यक्रम भएको छ । प्रेस चौतारी केन्द्र र जिल्ला शाखाहरुले बिभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका हुन ।

यसैवीच प्रेस चौतारी नेपालको स्थापना दिवसकै अवसर पारेर शनिवार धनकुटामा छिन्ताङ्ग खोकु आँखिसल्ला शहीद स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार कुलप्रसाद राईलाई पुरस्कृत गरिएको छ ।

Advertisement
पत्रकार कुलप्रसाद राईलाई पुरस्कृत गरिदै । तस्वीर- संगालोखबर

चौतारी धनकुटा शाखाले स्थापना गरेको उक्त पुरस्कारबाट प्रेस चौतारीका जिल्ला सल्लाहकारसमेत रहेका राईलाई पुरस्कृत गरिएको हो । शहीदको पक्षमा कलम चलाएको भन्दै राईलाई ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको प्रेस चौतारीले जनाएको छ ।

सोही अवसरमा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र धनकुटामा कार्यरत नयराज नेपाललाई सम्मान गरिएको छ । प्रेस चौतारी धनकुटाका सल्लाहकारसमेत रहेका नेपालले संगठनमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको चौतारी अध्यक्ष सन्तोष रुचालले बताए ।

पुरस्कृत कुलप्रसाद राई (वाँया) र सम्मानित नयराज नेपाल (दाँया) । तस्वीर- संगालोखबर

दुवैजनालाई नेकपा एमालेका सचिव सुरेन्द्र पौडेल र प्रेस चौतारीका जिल्ला अध्यक्ष रुचालले कार्यक्रममा पुरस्कृत र सम्मानित गरेका थिए ।उक्त अवसरमा एमाले सचिव पौडेल, प्रेस चौतारीका केन्द्रिय सदस्य नैन बिश्वकर्मा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय उपाध्यक्ष अर्जुन राई, पत्रकार महासंघका जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष बिजयसन्तोषी राई, महासंघका पूर्व केन्द्रिय सदस्य शिद्धराज राई लगायतले स्थापना दिवसको शुभकामना ब्याक्त गर्दै पुरस्कृत र सम्मानितलाई बधाई ज्ञापन गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!