संगालो खबर
धनकुटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई बाध्य पारेर भएपनि निर्बाचन घोषणा गराएरै छाड्ने दावी गरेका छन । सरकारले आफ्नो आयु लम्ब्याएर देशमा अस्थिरता सृजना गर्र्न निर्बाचन नगराउँने सड्यन्त्र गरिरहेको भन्दै ओलीले त्यस्तो सड्यन्त्रको भण्डाफोर गर्दै एमालेले जुनसुकै हालतमा पनि चुनावको मिति घोषणा गराएरै छाड्ने दावी गरेका हुन ।

नेकपा एमालेले बुधवार धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्दै अध्यक्ष ओलीले निर्बाचन चाडै हुने भएकाले तयारीमा जुट्न नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन । ‘सरकारलाई नत्थी लगाएरै भएपनि एमालेले निर्बाचनको घोषणा गराएरै छाड्छ ।’ ओलीले भने ‘अव तपाईहरु गाउँ–गाउँबाट चुनावको तयारीमा जुट्नुहोस् ।’ संबैधानिक र राजनीतिक संकटबाट बचेर देश विकासका लागि चुनावको बिकल्प नभएको ओलीको तर्क छ ।

Advertisement

फरक प्रसंगमा ओलीले जनताको नाम वेचेर केही राजनीतिक भरिया र दलालहरुले देशलाई बिखण्डन तर्फ लैजाने सड्यन्त्र अनरुप संबिधान संशोधनको कुरा उठाईरहेको आरोप लगाए । तराई र पहाडलाई अलग गराएर ५ नम्बर प्रदेशबाट देश बिखण्डन सुरु गर्न खोजिएको भन्दै ओलीले एमालेले त्यो सड्यन्त्रलाई कुनैपनि हालतमा पुरा हुन नदिने ठोकुवासमेत गरेका छन । ‘अहिले ५ नम्बर टुक्राउँने कुरा भईरहेको छ, त्यो पछि अव १ नम्बर टुक्राउँने कुरा उठाउछन ।’ ओलीले भने ‘कसैको ईच्छाको भरमा देशलाई बिखण्डन गर्ने कामको हामी खरो प्रतिवाद गछौ ।’

कार्यक्रमलाई संबोधन गर्दै एमाले अध्यक्ष ओली । तस्वीर- संगालो खबर

देशलाई छिमेकी राष्ट्रले किच्दासम्म पनि ऐया नभन्ने चलन चलिआएको भएपनि त्यसलाई तोडेर देशलाई थिचोमिचो गर्न खोज्ने छिमेकीलाई धपाएर एमालेले राष्ट्रियतालाई उच्च राखेको ओलीको भनाई छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले देशमा अफ्ठेरो परिस्थिती आईपर्दा पनि छिमेकीसँग नझुकेको भन्दै अव पनि देशको सिर निहुराउँन नदिने दावी गरेका छन ।

अन्य दलहरुले एमालेमा उर्लिएको जनलहरको डाहा गरेर एमालेको बिरुद्धमा जनतालाई भड्काउँने कोसिस गरिरहेको भएपनि जनहितमा काम गर्ने पार्टीको रुपमा स्थापित भएकाले एमालेमा जनलहर बढेको ओलीको भनाई छ ।

सय भन्दा बढी ब्यात्ति एमालेमा प्रवेश

यसैवीच उक्त कार्यक्रममा काग्रेस, माओवादी लगायत पार्टी परित्याग गरी सय भन्दा बढी ब्याक्ति एमालेमा प्रवेश गरेका छन । पूर्व एसएस्पी रेवत बहादुर थापाको नेतृत्वमा दुई दर्जन बढी पूर्व प्रहरीहरु एमालेमा प्रवेश गरेका थिए । त्यस्तै काग्रेसका नेता एवं स्थानीय शान्ति समिति धनकुटाका संयोजक लालचन्द्र गोङ्वालगायत पनि एमालेमा प्रवेश गरेका छन । उनिहरुलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।

धनकुटालाई प्रान्तिय राजधानी माग

यता नेकपा एमाले धनकुटाले १ नम्बर प्रदेशको राजधानी धनकुटालाई बनाउँन माग गर्दै एमाले अध्यक्ष ओलीलाई मागपत्र बुझाएको छ । एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले मागपत्र बुझाउँदै हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाईनै प्रादेशिक राजधानी बनाउँन पहलका लागि ओली समक्ष माग गरेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!