- संगालो खबर

धनकुटा । धनकुटाको महाभारत–९ मा सोमवार दिउँसो गोली लागेर एक युवकको मृत्यु भएको छ । भरुवा बन्दुक प्रहारबाट स्थानीय ३० बर्षिय सबिन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीका अनुसार ‘दिब्ये माईला’ भनिने ४० बर्षिय दिप बहादुर राईले हानेको भरुवा बन्दुकको गोली लागेर सबिनको मृत्यु भएको हो ।

Advertisement

स्थानीयको भनाई उदृत गर्दै प्रहरी प्रमुख राजभण्डारीले दिएको जानकारी अनुसार गाउँमा बहुला कुकुरले आतंक मच्चाएपछि कुकुर मार्न भनी दिप र सबिन भरुवा बन्दुक लिएर हिडेका थिए । कुकुरलाई मार्न गोली हान्दा सबिनलाई लागेको स्थानीयको भनाई छ ।

यता घटनापछि गोली प्रहार गर्ने दिप भने फरार भएका थिए । उनलाई साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोली प्रहार गरी गोली हान्ने ब्याक्ति फरार भएको खवर आएपछि मुलघाट र भेडेटार प्रहरी चौकीसहित धनकुटाबाट प्रहरी प्रमुख भण्डारीको नेतृत्वमा प्रहरी टोली फरारलाई पक्राउका लागि खटिएको थियो । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!