मोरङ , २२ माघ । मोरङको बेलबारीमा शनिवार दिउँसो खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षीय मणिकुमार तामाङ छन ।

Advertisement

दिउँसो १ बजे स्थानीय बेतना खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैँलाई करेन्ट लाग्दा तामाङ घाइते भएका थिए ।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!