सप्तरी, २४ माघ । सप्तरीको पातो गाविसमा एक जना बालकको हत्या भएको छ । तीन वर्षीय बालकको हत्या आफ्नै काकीले गरेको खुलेको छ ।

पातो गाविस ५ गोबिन्दपुर निवासी धर्मदेव मण्डल खत्बेका ३ वर्षीय  छोरा रामअवतार मण्डलको उनकै काकी उर्मिलादेवीले हत्या गरेकी हन् । बालकको घाँटी निमोठेर गत शनिबार नै उर्मिलाले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

घाँटी निमोठेर हत्या गरी बोरामा हालेको अवस्थामा मृतकको घर पछाडिको बारीमै सोमबार बिहान शव फेला परेको छ ।

प्रहरीले उर्मिलालाई नियन्त्रणमा लिएको छ । बालकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल असपतालमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीले जानकारी दिए ।

यसरी भयो हत्या

मृतक बालकका पिता धर्मदेव र उनका भाइ अशोक, बुबा-आमासँगै बस्दै आएका थिए । धर्मदेवकी पत्नी तथा मृतक बालककी आमा चन्दि्रका, अशोककी पत्नी उर्मिला (हत्या गर्ने) र सासू बीणाबीच खटपट हुँदै आएको थियो ।

उनीहरुको धेरै पटक झगडा भएको स्थानीय श्यामसुन्दर यादवले बताए । झगडाकै क्रममा उर्मिलाले जेठानी चन्दि्रकालाई ‘दुई वटा छोरा भएकाले धाक देखाउँछौं । पख, तिम्रो पनि एउटै छोरा रहन्छ’ भनेर धम्की दिने गरेको पाइएको प्रहरी प्रमुख लोहनीले बताए ।

केहि दिन अगाडि उर्मिलाले यस्तो धम्की दिएकी थिइन्’ एसपी लोहनीले भने, ‘अन्ततः शनिबार धर्मदेव र चन्दि्रकाका ३ बषर्ीय कान्छो छोरा रामअबतारलाई घाँटी थिचेर मारेकी छिन् ।’

लोहनीका अनुसार उर्मिलाले बालकको घाँटी निमोठेर हत्या गरेको स्वीकार गरिसकेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय राजविराजको नियन्त्रणमा राखिएको अनलाइन खवरमा समाचार छ ।

उर्मिलाको सन्तानबाटै खुल्यो पोल

हत्या गरिएका बालक शनिबारदेखि नै वेपत्ता भएका थिए । उनका पिता धर्मदेव र काका अशोक एक साताअघि भारतको मुम्बई रोजगारीका लागि गएको केहि दिनमै बालक वेपत्ता भएपछि परिवारजनले चारैतिर खोजविन गर्‍यो ।

उनको पत्ता कत्तै लागेन् । आमा चन्द्रिकादेवीले आफ्नो छोरो हराएको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी समेत दिइन् ।

तर, प्रहरीबाट समेत बालकको खोजी हुन सकेन् । यसै क्रममा उर्मिलाका दुई सन्तान (एक छोरा र एक छोरी) ले केहि स्थानीयलाई आफूहरुलाई ५ रुपैयाँ दिए देखाइदिने भन्न थालेे । त्यसकै आधारमा बालकको शव भेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!