- संगालोखबर संवाददाता

सोलुखुम्बु, २५ माघ । सोलुखुम्बुको खुम्जुङमा लेक लागेर मंगलवार एक जना पथप्रदर्शकको मृत्यु भएको छ । खुम्जुङ–८ स्थित सगरमाथा आधार शिविर पुगेर फर्कनेक्रमममा सोताङ ८ बस्ने २० वर्षिय समिर नाक्षीरिङ राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

Advertisement

राई थियेरा एडभन्चर गाईड कम्पनी काठमाण्डौबाट पथप्रदर्शकका रुपमा त्यहा पुगेका थिए । सोमबार अपरान्ह शिविर पुगेर फर्कनेक्रममा राई बिरामी परेका थिए ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी नाम्चेस्थित ईलाका अस्पताल ल्याईएका उनको मंगलवार बिहान उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!