संगालो खबर

धनकुटा । साझा सञ्चार नेपाल धनकुटाले जिल्लामा क्रियासिल पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य उपचार र सञ्चार सामाग्री खरिदमा सहयोग गर्ने घोषणा गरेको छ ।

साझा सञ्चारको चौथो स्थापना दिवसका अवसरमा मंगलवार जिल्लामा आयोजित कार्यक्रममा अध्यक्ष भेषराज कटेलले धनकुटामा क्रियासिल पत्रकारहरुका लागि जिल्लाका अस्पतालमा हुने उपचारको सम्पुर्ण खर्च सस्थाले बेहोर्ने घोषणा गरेका हुन । उनका अनुसार जिल्लाका पत्रकार समाचार संकलनमा खटिएका वेला बिरामी परेमा मुलुकका जुनसुकै अस्पतालमा हुने उपचारको ५० प्रतिसत खर्च सस्थाले बेहोर्ने छ ।

Advertisement

त्यस्तैगरी साझा सञ्चारले जिल्लामा क्रियासिल पत्रकारका लागि सञ्चार सामाग्री खरिदमा १० प्रतिसत सहायता गर्ने पनि घोषणा गरेको छ । दुवै कार्यक्रम लागि तत्काललाई एक÷एक लाखको घुम्तिकोष स्थापना गरिएको जानकारी दिर्दै अध्यक्ष कटेलले भने ‘तत्काल कार्यबिधि निर्माण गरी घोषणा कार्यान्वयन गरिन्छ ।’

पत्रकार मानवी मोक्तानलाई पुरस्कृत गरिदै । तस्वीर- संगालो खबर

यसैवीच स्थापना दिवसकै अवसर पारेर साझा सञ्चारले एक क्रियासिल युवा पत्रकारलाई पुरस्कृत र दुई अग्रज पत्रकारलाई सम्मान गरेको छ । रेडियो लागिगुँरासमा कार्यरत मानवी तामाङ्गलाई ४ हजार ४ सय ४४ नगदसहित पुरस्कृत गरिएको हो ।

त्यस्तै अग्रज पत्रकार जिवप्रसाद पोख्रेल र अञ्जना ताम्लिलाई सम्मान गरिएको छ । पुरस्कृत र सम्मानितलाई पत्रकार महासंघका पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, साझा सञ्चारका अध्यक्ष कटेल लगायतले दोसल्ला लगाएर सम्मान पत्र र पुरस्कृतलाई नगद प्रदान गरेका थिए ।

सम्मानित पोख्रेल पुराना पत्रकार हुन भने पत्रकारिता गर्दै राजनितिमा प्रवेश गरेकी ताम्लि हाल संबिधान सभामा सांसद छन । साझा सञ्चारले हरेक बर्ष क्रियासिल एक पत्रकारलाई पुरस्कृत र दुई अग्रज पत्रकारलाई सम्मान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!