- संगालोखबर संवाददाता

धनकुटा, २४ माघ । धनकुटाको हिले स्थित एक सुनपसलमा चोरी गर्ने युवालाई प्रहरीले पक्राउ गरी कारबाही प्रकृया सुरु गरेको छ । गत शनिवार राति हिले स्थित रेजिन धमलाको सुन पसलमा चोरी भएको थियो ।

Advertisement

चोरीमा संलग्न भएको अरोपमा प्रहरीले सुनसरी ईटहरी उप–महानगरपालिक–५ का २३ बर्षिय मिलन अधिकारी खत्रीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार काठको फट्टा जोडिएको ढिकको कव्जा फोडी उनले सुन–चाँदीका गरगहना चोरी गरेका थिए ।

चोरीएका गरगहना पनि प्रहरीले वरामद गरेको छ । उनी बिरुद्ध चोरी मुद्धा दायर गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!