संगालो खबर
धनकुटा । २८५३ औँ सोनाम ल्होछारको अवसरमा सनिवार धनकुटाको हिले वजारमा विविध साँस्कृतिक कार्यक्रमसहित शुभकामना आदन–प्रदान गरिएको छ ।

नेपाल तामाङ घेदुङ धनकुटाको आयोजनामा आ–आफ्नै भेषा–भुषामा भेला भएका तामाङ समुदायका ब्याक्तिहरुले हिले वजारको परिक्रमा गरेका थिए । तामाङ भेष–भुषामा सजिएका तामाङ समुदायका युवा युवती, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, तामाङ घान्वा–ताम्वा, वौद्धलामा गुरुहरुको सहभागितामा हिले वजारमा तामाङ साँस्कृतिक झाँकीसहित ¥याली गरिएको हो ।

¥यालीमा सहभागीहरुले तामाङको मौलिक संस्कृतिमा पर्ने डम्फु सेलो गाउनुका साथै सेलो नाचेका थिए । बजार परिक्रमा पश्चात हिले माविको प्राङ्गगणमा साँस्कृतिक सभा भएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, घेदुङका पुर्व केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ तामाङ, पुर्व जिल्ला अध्यक्ष चिन्तन तामाङ, नगर घेदुङका अध्यक्ष कुलवहादुर तामाङ, नेपाल स्वतन्त्र मजदुर संगठनका अध्यक्ष सिंह तितुङ तामाङ लगायतले ल्होछारको शुभकामना ब्याक्त गरेका थिए ।

यसैवीच पाख्रीवास–९ घोर्लिखर्कमा रहेको वौद्ध माने स्तुपामा सोनाम ल्होछारको अवसरमा वुद्धको मुर्ति प्रतिस्थापन गर्नुको साथै गुम्वाको उद्घाटन गरिएको छ । पुर्व वाणिज्य तथा आपुर्ति मन्त्री सुनिलवहादुर थापाले वौद्ध गुम्वाको उद्घाटन गरेका हुन ।

यता जिल्लाको मुर्तिढुंगा, परेवादिनको नाम्जाङ्ग, वुढिमोरङ्ग र धनपा–१० चोकरोकमा पनि सोनाम ल्होछारको अवसरमा बिभिन्न कार्यक्रम भएको तामाङ घेदुङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!