भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

भोजपुरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

विराटनगर । भोजपुरमा सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भोजपुरको षडानन्द नगरपालिका–१ खोवाचाका ३० वर्षीय अमृत मंग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो घरनजिकै झाडीमा लगेर ललाइफकाई जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको टोलीले उनलाई पक्राउ गर...
भोजपुर एमाले अधिवेशनः पूर्वमन्त्री शेर्पा उपाध्यक्षमा पराजित, पत्रकार राईलाई सर्वाधिक मत

भोजपुर एमाले अधिवेशनः पूर्वमन्त्री शेर्पा उपाध्यक्षमा पराजित, पत्रकार राईलाई सर्वाधिक मत

भोजपुर । नेकपा एमालेको भोजपुर जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पा पराजित भएका छन् । उपाध्यक्षको उम्मेदवार रहेका उनी किरण राईसँग ९५ मत अन्तरले पराजित भएका हुन् । शनिबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार राई ३११ मत प्राप्त गर्दै उपाध्यक्ष निर्वाचित भएका हुन् । प्रतिस्पर्धी पूर्वमन्त्री शेर्पाले भने २१६ मतमात्र प्राप्त गरे । पदाधिकारीमध्ये सचिवमा सर्वाधिक...
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेकपा एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी भएका छन् । नबौं जिल्ला अधिवेशनमा भएको मतदानमा ३१७ मत प्राप्त गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्कासहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको छ । शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी शरणकुमार राईलाई खड्काले ९४ मतान्तरले पराजित गरेका छन् । शरणकुमारले २२३ मत प्राप्त गरेका छन् । उपाध्यक्ष ३११ मतस...
भोजपुरको अरुणोदयलाई एक लाख राशिको महाभीम पुरस्कार

भोजपुरको अरुणोदयलाई एक लाख राशिको महाभीम पुरस्कार

विराटनगर । महाभीम स्मृति कोषबाट प्रदान गरिने २०८० सालको महाभीम धर्म, संस्कृति एवं समाज सेवा पुरस्कार (दोस्रो) भोजपुरको चरम्बीस्थित अरुणोदय उच्च माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । चरम्बी पिपल डाँडामा महाभीम स्मृति कोष–२०७९ ले आयोजना गरेको कार्यक्रममा एक लाख राशि सहितको ‘महाभीम धर्म संस्कृति एवं समाज सेवा पुरस्कार’ प्रदान गरिएको हो । हालै आयोजित एक कार्यक्रमका बीच कोषका संस्थापक एवं संरक्षक ...
भोजपुर–विराटनगर उडान पुनः सुरू, यात्रुलाई सुविधा

भोजपुर–विराटनगर उडान पुनः सुरू, यात्रुलाई सुविधा

भोजपुर । नेपाल वायुसेवा निगमले आजदेखि भोजपुर–विराटनगर उडान सुरु गरेको छ । यसअघि पनि सञ्चालनमा रहेको सेवा ६ वर्षअघि बन्द भएको थियो । फेरि उडान नियमित चल्ने भएपछि स्थानीय यात्रुहरु लाभान्वित हुने भएका छन् । यसैगरी अन्यत्रबाट भोजपुर आउने यात्रुहरुलाई पनि सहज हुने भएको छ । खासगरी सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजानुपर्ने बिरामी, वृद्धवृद्धा एवं अत्यावश्यक कामका लागि जानुपर्ने यात्रुहरुलाई अब ...
भोजपुरका जनप्रतिनिधिद्वारा घरै पुगेर जेष्ठ नागरिकको उपचार

भोजपुरका जनप्रतिनिधिद्वारा घरै पुगेर जेष्ठ नागरिकको उपचार

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा–७ ले जेष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित घरघरै पुगेर वडाले स्वास्थ्य अवस्था बुझ्दै उपचार र सम्मान गर्न थालेको हो । ६८ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई विभिन्न चरणमा भेटेर सम्मान तथा स्वास्थ्य परीक्षण गर्न थालिएको वडाध्यक्ष कुमार थापाले बताए । त्यसैगरी, आम नागरिकको अवस्थालाई दृष्टिगत गर्दै म...
धनकुटा र भोजपुरका ३ हजारभन्दा बढी बिरामीको उपचार

धनकुटा र भोजपुरका ३ हजारभन्दा बढी बिरामीको उपचार

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले धनकुटा र भोजपुरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । भोजपुरमा षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा शिविर सञ्चालन गरिएको हो । दुवै जिल्लाका सबै शिविरहरुमा गरी ३ हजार ५२८ जना बिरामीको स्वास्थ्य परीक्षण तथा उपच...
भोजपुर दुर्घटना : मृतकको संख्या २ पुग्यो

भोजपुर दुर्घटना : मृतकको संख्या २ पुग्यो

विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । गाडीमा सवार यात्रुमध्ये भोजपुरकै आमचोक–१० की २७ वर्षीया रुना राईको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार ३६ वर्षीया शान्ति राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । बालङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेर...
भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते

भोजपुरमा गाडी पल्टँदा एकजनाको मृत्यु, १० घाइते

विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ । बालाङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो गाडी आमचोक गाउँपालिका–८ बाह्रकुवा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।...
error: Content is protected !!