संगालोखबर संवाददाता

भोजपुर । नेपाल वायुसेवा निगमले आजदेखि भोजपुर–विराटनगर उडान सुरु गरेको छ । यसअघि पनि सञ्चालनमा रहेको सेवा ६ वर्षअघि बन्द भएको थियो ।

Advertisement

फेरि उडान नियमित चल्ने भएपछि स्थानीय यात्रुहरु लाभान्वित हुने भएका छन् । यसैगरी अन्यत्रबाट भोजपुर आउने यात्रुहरुलाई पनि सहज हुने भएको छ । खासगरी सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजानुपर्ने बिरामी, वृद्धवृद्धा एवं अत्यावश्यक कामका लागि जानुपर्ने यात्रुहरुलाई अब सजिलो हुने भएको हो ।

उडान पुनः सुरु भएको अवसरमा आयोजित कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले खादा लगाइदिएर यात्रुहरुलाई बिदाइ गरेका थिए ।

नेपाल वायुसेवा निगमका अनुसार शनिबार र बिहीबार विराटनगरका लागि उडान हुनेछ । तत्कालका लागि काठमाडौंबाट विमान भोजपुर आउने अनि त्यसपछि विराटनगर गएर काठमाडौं फर्कने जनाइएको छ ।

विमान अभावका कारण देखाउँदै निगमले २०७४ पछि विराटनगर उडान बन्द गरेको थियो । निगमले भोजपुर–विराटनगर यात्रा गर्दा ४ हजार २९ रुपैयाँ भाडादर कायम गरेको छ । इ–सेवामार्फत् पनि टिकट लिन सकिने व्यवस्था मिलाएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!