संगालोखबर संवाददाता

विराटनगर । भोजपुरमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

Advertisement

गाडीमा सवार यात्रुमध्ये भोजपुरकै आमचोक–१० की २७ वर्षीया रुना राईको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार ३६ वर्षीया शान्ति राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

बालङ्खाबाट मैयुटार जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो गाडी आमचोक गाउँपालिका–८ बाह्रकुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी निरीक्षक दलकुमार राईका अनुसार अन्य घाइते १२ जनाको धरानमै उपचार भइरहेको छ । घाइतेमध्ये केही बालबालिका पनि रहेको उनले जनाए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!