इटहरी, ९ कार्तिक । सुनसरिको इटहरीस्थित कोशी अञ्चल यातायात कार्यालमा भएको करोडौ रकम हिनामिना प्रकरणमा मुछिएका कर्मचारीहरूलाई अख्तियारले फन्दामा पारेपनि कानुनी कार्वाही प्रकृया ढिलो हुदा घटना त्यतिकै गुपचुप बन्दै गएको छ ।

Advertisement

अख्तियारले हिनामिना प्रकरणमा मुछिएका तीन उपसचिवसहित ८ कर्मचारीहरू बिरूद्ध भ्रस्ट्रचारको ठहर गर्दै बिशेष अदालतमा मुद्धा दायर गरेपनि अदालती प्रकृया ढिलो भइदिदा दोषीहरू उम्कने पो होकी भन्ने शंका उत्पन्न भएको छ ।

यातायातमा लामो समयदेखी भ्रस्ट्रचार हुने गरेको बिशेष सुराकीको आधारमा गत असारको पहिलो साता अख्तियारले कार्यालयमा छापा मारी आवस्यक कागजात जफत गर्दै अनुशन्धान अघी बढाएको थियो ।

अनुशन्धानबाट ६१ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार ठहर भएपछि कोशी यातायातका तीन उपसचिवसहित ८ कर्मचारी बिरूद्ध बिशेष अदालतमा मुद्धा दायर गरीएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित इटहरीस्थित यातायात सवारी कार्यालय कोशीका तीन उपसचिवसहित ८ जना कर्मचारीविरुद्व गत असार ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्धा दर्ता भएको तिन महिना बितिसक्दापनि कुनै अत्तो पत्तो नहुदा दोषीहरू उम्कन सक्ने सम्भावना बढेको छ । अख्तियार दुरपयोग अनुशन्धान आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रमुख कालिप्रशाद पराजुलीले अनुशन्धानको पाटो सकिएर अदालतलाई जिम्मा लगाइसकेको कारण केही भन्न नमिल्ने बताउनुभयो ।

हामिले लामो समय अनुशन्धान गरेर भ्रस्ट्रचार ठहर गरी स प्रमाण सहित बिशेष अदालतमा बुझाइसक्यो अब जे गर्छ अदालतले गर्छ पूर्वाञ्चल अख्तियार प्रमुख पराजुली भन्नुहुन्छ ।

यता राज्यलाई बुझाउनुपर्ने करोडौ राजस्व छली गरी अख्तियारको फन्दामा परेका सुनसरीको इटहरी स्थित कोशी अञ्चल यातायात ब्यवस्था कार्यालयका तिन उपसचिव सहित ८ जना कर्मचारीहरू गत चार महिनादेखी सम्पर्क बिहीन बनेका छन । अदालतमा मुद्धा दर्ता भएको भोली पल्टै देखी फरार यातायात कार्यालय, इटहरीका पूर्व प्रमुख रमेशप्रसाद दाहाल , उपसचिव विष्णुप्रसाद पौडेल र अर्का उपसचिव नयराज नेपाल सहित ८ जना कर्मचारीहरू गत असार ५ गतेबाट सम्पर्क बिहीन बनेका हुन ।

तिन उपसचिवहरू सम्पर्कमा आएको सुनिएपनि पुस्टी हुन सकेको छैन बाकीका ५ जना अझैपनि सम्पर्क बिहीन रहेका छन । फरार हुनेहरूमा लेखा अधिकृत कुमारबहादुर कटुवाल , टीकाराम अधिकारी,लेखापालद्वय सुरेश अधिकारी , देवराज नेपाल , रुद्रप्रसाद दाहाल रहेका छन ।

प्रहरीले खोजी गरेपनि अझै सम्पर्क बिहीन बनेका उनिहरूको अवस्था अज्ञात छ । घटनाको मुख्य अभियुक्त इटहरी निवासी यातायात कार्यालयका सामानय लेखापाल शुरेस अधिकारी रहेको अख्तियारले ठहर गरीसकेको छ ।

अख्तियारले यातायात कार्यालय, इटहरीका पूर्व प्रमुख रमेशप्रसाद दाहाल विरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेल विरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपाल विरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदावी गरेपछि फरार भएका हुन ।

त्यसै गरी लेखा अधिकृत कुमारबहादुर कटुवाल विरुद्ध २ करोड १४ लाख र टीकाराम अधिकारी विरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो माग दावी गरिएको छ ।

अख्तियारले लेखापालद्वय सुरेश अधिकारी विरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ र देवराज नेपाल माथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहाल विरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदावी गरेको थियो ।

सो माग अनुसारको रकम जुटाउन नसकेपछि तिन उपसचिव सहित ८ जना यातायातका कर्मचारिहरू फरार रहेको श्रोतको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!