तनहुँ, २६ असोज । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ को कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । व्यास १ भादगाउँमा आयोजित कार्यक्रमकाबीच व्यासनगर उप प्रमुख मिरा जोशीले भत्ता वितरण शुरुवात गरिन् । उनले वडाबासीलाई सेवा दिन नगरपालिका तत्पर रहेको बताइन् । वडा अध्यक्ष खरसिं दरैले वडावासी वृद्धवृद्धालाई बैंक धाउने झण्झट अन्त्य गराउन सेवा थालेको बताए ।

Advertisement

यसअघि दमौलीमा लाईन लागेर भत्ता लिनुपर्ने बाध्यता भएका वृद्धवृद्धालाई हाल वडा कार्यालयहरुले वडामै भत्ता वितरणको प्रबन्ध थालेका छन् ।

वडा मै भत्ता पाए पछी वृद्धवृद्धाहरुको मुहारमा खुशी छाएको छ छ । तनहुँमा यसअघि व्यासको ३, ५ र १० वडाले यसअघि नै वडाबाटै भत्ता वितरण थालेका छन् ।

यसैगरी व्यास ११ ले समेत वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । वडा अध्यक्ष निरबहादुर खड्काका अनुसार असोज २७ गते शुक्रबारबाट वडामै भत्ता वितरण थालिनेछ ।

तर, सहरी क्षेत्रबाट टाढा रहेका कतिपय वडाले भने चाहेर पनि वडामै वितरण गर्न नसकिएको गुनासो गरेका छन् । व्यास ६ का अध्यक्ष सूर्यभक्त भण्डारीले आफूहरुले आग्रह गरे पनि सेवा प्रदायक कैलाश विकास बैंकले टाढा भएको कारण देखाउँदै सुरक्षाका कारण वितरण गर्न असमर्थ रहेको बताएको उल्लेख गरे । तर पनि अशक्तलाई मात्र भए पनि वडामा वितरणको प्रबन्ध गरिने उनले बताए ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!